१९ जेठ, काठमाण्डौं । बलिउड अभिनेता सलमान खानले प्रहरीलाई १ लाख सेनिटाइजर र मास्क वितरण गरेका छन् ।
अभिनेता खानले मुम्बई प्रहरीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
खानले अग्रपंक्तिमा रहेर सधै खटिरहने प्रहरीहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेकोले उनीहरु सुरक्षित राख्नका लागि स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।
उनले मुम्बई प्रहरीसँग समन्वय गरेर प्रहरीको माग बमोजिम आफू ब्रान्ड एम्बेस्डर रहेको कम्पनी फेस्टको तर्फबाट सेनिटाइजर वितरण गरेका हुन् । सेनिटाइजरले प्रहरीलाई धेरै हदसम्म सुरक्षित बनाउने विस्वास सल्मानले गरेका छन् ।