२२ जेठ, काठमाडौं । अर्थशास्त्रका प्राध्यापक डाक्टरहरुले आगामी आर्थिक बर्षको वजेट समग्रमा राम्रो रहेको टिप्पणी गरेका छन ।
बिहिबार भर्चुअल रुपमा गरिएको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
छलफल कार्यक्रममा प्रदेश नं एक बाट प्रा.डा.अर्जुन कुमार वराल प्रदेश नं. २ बाट प्रा.डा. कामानन्द देव, बागमती प्रदेशबाट प्रा.डा. चक्रपाणी लुईटेल, गण्डकी प्रदेशबाट प्रा.डा.लेखनाथ भट्ट्राई, प्रदेश नं ५ बाट प्रा.डा. रामचन्द्र आचार्य, कर्णाली प्रदेशबाट लिलाधर तिवारी र सुदुर पश्चिम प्रदेशबाट प्रा.डा. राजेन्द्र चन्दले बजेटको बिषयमा आफ्नो धारणा राखेका थिए ।
बजेट सूक्ष्म र बृहत अर्थशास्त्रिय कोणबाट आएको तथा सहि आँकलन गरेर आएको उनीहरुको निस्कर्ष छ ।
यद्यपी कोरोनाको सन्दर्भमा छुट्रयाईएको बजेट कमी हुन सक्ने उनीहरुको आशंका छ । बजेटले शिक्षा क्षेत्रमा लिएको निति ठिक नभएको उनीहरुको निश्कर्ष छ । यस्तै कृषिमा रोजगारी केन्द्रित गर्दा सिचाईको वजेट नपुग्ने उनीहरुको निश्कर्ष छ ।
प्राडाहरुले बजेट राम्रो भए पनि यसको कार्यान्वयनमा समस्या रहेको बताएका छन । कार्याक्रमको संचालन प्रा.डा.दिलनाथ दंगालले गरेका थिए ।