back
CTIZAN AD

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २,६३४ पुग्यो

वि.सं.२०७७ जेठ २२ बिहीवार

864 

shares

२२ जेठ, काठमाण्डौं । नेपालमा आज एकैदिन ३३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित भेटिएका ३३४ जनामा मोरङ सुन्दर हरैचाका २४ वर्षीय पुरुष, पर्सा पोखरीयाका १५ वर्षीया किशोरी, झापा भद्रपुरको क्वारेन्टिनमा रहेका २६ देखि ५६ वर्ष उमेरका ३ जना पुरुष, ताप्लेजुङ र मोरङ घर भई सुनसरीको भोक्राहामा बस्ने २५ र ३० वर्षीय पुरुष तथा सप्तरीका १३ जनामा राजविराज, हनुमान नगर कंकालिनी, छिन्नमस्ता र सम्भुनाथ क्वारेन्टिनमा रहेका १७ देखि ४८ वर्षीय जना पुरुष रहेका छन् । विराटनगर र नारायणी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै बारा आर्दश कटवालकी ३० वर्षीया एक महिला, १२ वर्षीय बालक र ३० वर्ष उमेर समुहका पुरुष गरी ८ जना र सिन्धुली कमलामाईका २३ वर्षीय पुरुष र र्राैतहट गुजराका १८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको छ । जसमा म्याग्दी मंगला गाउँपालिकाका १९ वर्षीय पुरुष, बाग्लुङ निसीखोला बडिगार्ड गल्कोटकाका ३३ वर्षीया एक महिला र १६ देखि ३३ वर्षीय पुरुष गरी १० जना, पर्वतको विहादी गाउपालिका र फलेवास नगरपालिकाका २१ देखि २८ वर्षीय ४ पुरुष र स्याङजा कालिगण्डकीका १८ वर्षीय पुरुष रहेका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीह डोटी दिपायल सिलगढी र पुर्वी चौकी गाउँपालिकाका ४५ वर्षीया महिला र २२ र २७ वर्षीय पुरुष ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४२ जनामा संक्रमण देखिएको छ । उनीहरु नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ देखि ३५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तु कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १५ जनामा संक्रमण भेटिएको छ । उनीहरु राजपुर, वग्लाचुली, बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाका २३ वर्षीया एक महिला र १६ देखि ३६ वर्ष उमेर समुहका १४ जना पुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा मुगु खत्याण्डका १ जना २७ वर्षीय पुरुष, दैलेखका १०५ जनामध्ये नाारायण देवलकट, सोता, मनटाकुरा र बसकोटभगतीका ५ वर्षीया एक बालिका, ३२ वर्ष उमेर समुहका ४ महिला, ४ वर्षीय एक बालक गरी ३५ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु झापा कचनाकवलका १७ र २५ वर्षीय २ जना र खोटाङहलेसीका २१ देखि ४५ वर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा दैलेख नारायण नगरपालिका र नौमुले गाउँपालिकाका २ वर्षीय बालक र ३६ वर्ष उमेर समुहका ७ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा बारा महागढीमाई नगरपालिका, विश्रामपुर र सुर्वण गाउँपालिकाका ५ जना रहेका छन् । उनीहरु १९ देखि २३ वर्षीय ५ जना पुरुष, धनुषा जनकपुरका ३० वर्षीया महिला र ३३ देखि ३७ वर्ष उमेर समुहका ५ जना पुरुष गरी ६ जना, कपिलवस्तु ओडरी मावि र जनचेतना मावि यशोधराको क्वारेन्टाइनमा रहेका २६ वर्षीया एक महिला तथा २१ देखि ४८ वर्ष उमेर समुहका १० पुरुष गरी ११ जना, महोत्तरी भंगाह नगरपालिकाका १९ र ३६ वर्षीय २ पुरुष, रौतहट स्थान गजरा, दुर्गाभगवती र गढीमाईका ६४ जना रहेका छन् । उनीहरुमा ६ महिने एक बालिका, र २ महिला, ८ वर्षीय एक बालक र ४५ वर्ष उमेर समुहका पुरुष रहेका छन् । साथै सर्लाही श्री प्रावि छोटोल धपनियाका १९ र ४० वर्षीय २ पुरुष रहेका छन् ।

आज थपिएका ३३४ सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । उनीहरुमा २,४५० जना पुरुष र १५ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १८:१५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...