Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेशबाट नेपाली फर्काउन सुरु, पहिलो लटमा बर्मा र युएईबाट



२२ जेठ, काठमाडौँ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान मन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो ।

मन्त्रीद्धयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिवद्धता एनआरएनएसँग जनाएका थिए ।

भोलिबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तिब्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गरे ।

नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। संघले विश्वभर छरिएका नेपाली दूतावाससँग सहकार्य गर्दै नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न सबै शाखालाई गत हप्तानै निर्देशन दिएको थियो ।

पहिलो पटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको अध्यक्ष पन्तको भनाई छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरुलाई धैर्य गरी जो जहाँ छौँ त्यही रहन र एकअर्कालाई सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।

यसअघि संघका विदेशस्थित शाखाहरुले नेपाल फर्कन चहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् ।
तथ्यांक अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरिय समिति, प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा