back

सात स्वर्णसहित सेना पहिलो स्थानमा

वि.सं.२०७३ पुस ११ सोमवार

741 

shares

११ पुस, झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आइतबार दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ ।

नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित दोस्रो स्थानमा तथा नेपाल प्रहरी तीन स्वर्ण हात पार्दै तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आयोजक पूर्वाञ्चलले एक–एक स्वर्णमा चित्त बुझाएका छन् ।

आइतबार सम्पन्न खेलमा नेपाली सेनाका लागि ५२ किलोमुनिको तौलमा लीला अधिकारी, ६३ किलोमुनिको तौलमा फूपु ल्हामू खत्री, ७८ किलोमुनिमा पुनम चौधरी, ५० किलोमुनिमा तिलकबहादुर देउजा तथा ६० किलोमुनिको तौलमा सुदिप बोहराले स्वर्ण पदक जित्नुभयो ।

यस्तै नेपाल प्रहरीका सञ्जित डङ्गोलले ७३ किलोमुनिको तौलमा, श्रीराम मकाजुले ९० किलोमुनितर्फ र राजन जोशीले १०० किलो तौलभन्दा बढी तौलमा स्वर्ण पदक जित्नुभयो । मध्यपश्चिमका लागि एक मात्र स्वर्ण ४४ किलोमुनिको तौलमा सोनु भट्टले जित्नुभयो ।

 जुडो खेलमा महिलातर्फ ४४ किलोमुनिको तौलमा पश्चिमाञ्चलका सोमिया तामाङले रजत तथा सुदूरपश्चिमका विमला महत र नेपाली सेनाका सुमित्रा राईले कास्य पदक जिते । ५२ किलोमुनि तौलमा प्रहरीका दिलकुमारी छत्यालले रजत तथा सशस्त्र प्रहरीका देविका खड्का र कविता नेपालीले कास्य पदक प्राप्त गर्नुभयो ।

यस्तै, ६३ किलोमुनि तौलमा प्रहरीका निशा चौधरीले रजत तथा मध्यपश्चिमका दिलमाया ऐरी र आयोजक पूर्वाञ्चलका दिलकुमारी सिजालीले कास्य पदक जित्नुभएको छ । ७८ किलोमुनिको तौलमा पूर्वाञ्चलका बबिता चौधरीले रजत तथा प्रहरीका भावना घर्तीमगर र कृष्णा राईदासले कास्य पदकमा चित्त बुझाए ।

यसैगरी पुरुषतर्फ ५० किलोमुनिको तौलमा पश्चिमाञ्चलका मनोज आचार्यले रजत तथा सशस्त्र प्रहरीका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चव्रmबहादुर रोक्काले कास्य पदक प्राप्त गरेका छन् ।

७० किलोमुनिको तौलमा प्रहरीका उमेश मगरले रजत तथा पूर्वाञ्चलका विकास भुजेल र दिनेश मगरले कास्य पदक जितेका छन् । यस्तै ७३ किलोमुनिको तौलमा मध्यमाञ्चलका रामबहादुर तामाङले रजत तथा प्रहरीका निर्दाेष चलाउने र सेनाका जगतबहादुर सारुले कास्य हात पारे । ९० किलोमुनितर्फ पश्चिमााञ्चलका सञ्जय महर्जनले रजत तथा सेनाका सूर्यमान लामा र सुदूरपश्चिमका चन्द्रप्रसाद चौधरीले कास्य जिते ।

यसैगरी १०० किलो बढी तौलमा सेनाका कुलमान तामाङले रजत तथा पूर्वाञ्चलका बच्चुलाल चौधरी र सुदूरपश्चिमका आशिष ओझाले कास्य पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल जुडो सङ्घका केन्द्रीय अध्यक्ष दीपक बज्राचार्यलगायतले मेडल वितरण गर्नुभएको थियो ।

वि.सं.२०७३ पुस ११ सोमवार ०२:५३ मा प्रकाशित

Himalayan Life AD
युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको...

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...