back
CTIZAN AD

चीन–भारतबीच तनाब कायमै, जर्नेलहरुको वार्ता पनि निष्कर्षविहिन

वि.सं.२०७७ जेठ २५ आइतवार

867 

shares

२५ जेठ, काठमाडौँ । भारत–चीन पछिल्लो सीमा वार्ता निष्कर्षविहिन भएको छ ।

३४८८ किलोमिटर लामो सीमा रहेको भारत र चीन बीच सीमा सम्बन्धि समस्या पटक पटक बल्झँदै आएका छन् । विवाद र झडपका कैयौँ श्रृंखलाका बीच १५ पटकसम्म भएको सैनिक अधिकारीहरुको वार्ता समस्या सल्टाउने भन्दा तत्काललाई टार्ने हुँदै आएपनि पछिल्लो वार्ताबाट समस्या सुल्झने आशा गरिएको थियो ।

लदाखको पूर्वी क्षेत्रको चिनीया भूभाग माल्दोमा शनिबार सम्पन्न वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरीन्दर सिंह र चीनका तर्फबाट दक्षिण सिन्ज्याङका सैनिक कमाण्डर मेजर जनरल लिउ लिन सहित दुवै पक्षका ११/११ गरी २२ जना सैनिक अधिकारी सहभागी भएको बताइएको छ ।

वार्तामा चिनीया पक्षले शान्तिपूर्ण रुपमै सल्टाउन आफूहरु तयार भएपनि भारतीय मिडियाले उत्तेजना फैलाउने गरेकोमा आपत्ति जनाएका थिए भने भारतीय पक्षले काल्पनिक र निराधार कुराहरु रोक्ने विषयमा सहमति जनाएको थियो । सन् १९६२ मा सीमा विवाद कारण चीन भारत युद्ध भएको थियो भने सन् २०१७ मा आइपुग्दा डोक्लाम क्षेत्रमा ७३ दिन सम्म झडप र हानाहान चलेको थियो ।

सन् २०१९ मा भारतले चीन नियन्त्रीत क्षेत्र समेत आफ्नो भूभागमा परेको भनि नक्सा समेत सार्वजनिक गरेपछि थप विवाद बढेको थियो । नेपाल–भारत सीमा समस्या सल्टाउन नेपाललाई भारतले अटेरी गरेजस्तै चीनले भारतलाई अटेरी गरेको महशुस भारतीय पक्षले गरिरहेको स्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल मध्यस्थता गर्ने इच्छा समेत प्रकट गरेका थिए । तर यो मामिलामा दुवै देशले तेस्रो पक्षको उपस्थिति आवश्यक नपर्ने बताएर पुन वार्ताको प्रयास गरेका थिए ।

‘सैनिक र कुटनैतिक तरिकाबाटै समस्याको समाधान खोजिने’ भन्दै वार्ता टुंगीएपछि जर्नेलहरुको उच्चस्तरीय वार्ता पनि निष्कर्षविहिन भएको अनुमान गरिएको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार ११:३३ मा प्रकाशित

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...