back
CTIZAN AD

आइपीएलमा पनि जातीय भेदभाव भएको आरोप

वि.सं.२०७७ जेठ २५ आइतवार

903 

shares

२५ जेठ, काठमाडौँ । वेस्टइण्डिजका पूर्व कप्तान, २ पटक विश्व विजेताको अनुभवी क्रिकेटर डरेन स्यामीले आइपीएलमा पनि जातीय भेदभाव हुने गरेको बताएका छन् । उनले आफ्नो इन्स्टाग्राममा यो कुरा उल्लेख गरेका छन् ।

अमेरिका अश्वेत नागरिक जर्ज फ्लोडको मृत्युपछि अमेरिकामा जातीय विभेदको मुद्धा तातो विषय बनेको छ । अब यो क्रिकेट विश्वमा पनि फैलिएको देखिन्छ । यसको ताप इण्डियन प्रिमियर लिग(आईपीएल) मा पनि गरिएको देखिएको छ । विश्वको सबैभन्दा महँगो घरेलु टी २० क्रिकेट प्रतियोगिताका विश्व च्याम्पियन डेरेन स्यामीले आइपीएलमा जातीय विभेदको अनुभव लेखेका छन् । स्यामीले उनीसँग श्रीलंकाका खेलाडी थिसारा परेराको पनि नाम लिएका छन् । स्यामीका अनुसार उनलाई र परेरालाई आईपीएलमा ‘कालू’ भनिएको थियो । उनलाई थाहा थिएन, यो भनेको के हो, जब त्यसको अर्थ थाहा भयो, उनलाई साह्रै रिस उठेको थियो ।

यद्यपी यो पोष्टमा उनले स्पष्ट पारेका छैनन् की कसले उनलाई यस जातीय शब्दले बोलाउँथ्यो । स्यामीले यसअघि टिव्ट गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईससी) लाई जातीय भेदभाव विरुद्ध आवाज उठाउन अपिल गरेका थिए । साथै चेतावनी पनि दिएका थिए की यदि त्यसो गरिएन भने यसबाट उत्पन्न समस्याका लागि उनै दोषी ठहरीनेछ ।

उनले जातीय विभेद अमेरिकाको विषयमात्र नभएको बताउँदै यसबारेमा बोल्न सबैसँग आग्रहसमेत गरेका छन् ।

वि.सं.२०७७ जेठ २५ आइतवार १२:३१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...