
२५ जेठ, काठमाडौँ । वेस्टइण्डिजका पूर्व कप्तान, २ पटक विश्व विजेताको अनुभवी क्रिकेटर डरेन स्यामीले आइपीएलमा पनि जातीय भेदभाव हुने गरेको बताएका छन् । उनले आफ्नो इन्स्टाग्राममा यो कुरा उल्लेख गरेका छन् ।
अमेरिका अश्वेत नागरिक जर्ज फ्लोडको मृत्युपछि अमेरिकामा जातीय विभेदको मुद्धा तातो विषय बनेको छ । अब यो क्रिकेट विश्वमा पनि फैलिएको देखिन्छ । यसको ताप इण्डियन प्रिमियर लिग(आईपीएल) मा पनि गरिएको देखिएको छ । विश्वको सबैभन्दा महँगो घरेलु टी २० क्रिकेट प्रतियोगिताका विश्व च्याम्पियन डेरेन स्यामीले आइपीएलमा जातीय विभेदको अनुभव लेखेका छन् । स्यामीले उनीसँग श्रीलंकाका खेलाडी थिसारा परेराको पनि नाम लिएका छन् । स्यामीका अनुसार उनलाई र परेरालाई आईपीएलमा ‘कालू’ भनिएको थियो । उनलाई थाहा थिएन, यो भनेको के हो, जब त्यसको अर्थ थाहा भयो, उनलाई साह्रै रिस उठेको थियो ।
यद्यपी यो पोष्टमा उनले स्पष्ट पारेका छैनन् की कसले उनलाई यस जातीय शब्दले बोलाउँथ्यो । स्यामीले यसअघि टिव्ट गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईससी) लाई जातीय भेदभाव विरुद्ध आवाज उठाउन अपिल गरेका थिए । साथै चेतावनी पनि दिएका थिए की यदि त्यसो गरिएन भने यसबाट उत्पन्न समस्याका लागि उनै दोषी ठहरीनेछ ।
Right now if the cricket world not standing against the injustice against people of color after seeing that last video of that foot down the next of my brother you are also part of the problem.
— Daren Sammy (@darensammy88) June 1, 2020
उनले जातीय विभेद अमेरिकाको विषयमात्र नभएको बताउँदै यसबारेमा बोल्न सबैसँग आग्रहसमेत गरेका छन् ।
. @ICC and all the other boards are you guys not seeing what’s happening to ppl like me? Are you not gonna speak against the social injustice against my kind. This is not only about America. This happens everyday #BlackLivesMatter now is not the time to be silent. I wanna hear u
— Daren Sammy (@darensammy88) June 2, 2020