
अभिनेत्री मनिषा कोइरालामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । मुम्बईबाट नेपाल आएर होटलको क्वारेन्टिनमा बसेकी अभिनेत्री कोइरालाले बुधबार आफू र आफ्नो परिवारको श्वाव परक्षिणका लागि दिएकी थिइन् ।
शनिबार आएको रिर्पोर्टमा अभिनेत्री कोइरालामा कोरोना नेगेटिभ देखिएको हो । उनी अझै नौ दिन क्वारेन्टिनमा बसेर घर फर्किने बताइएको छ ।
आमाबुवासँगै मुम्बईबाट गोरखपुर एयपोर्टमा उत्रिएकी अभिनेत्री कोइराला बेलहिया नाकामा ज्वरो नापेपछि गत मंगलबार नेपाल प्रवेश गरेकी थिइन् । उनलाई नेपाली सेनाले स्कर्टिङ गरेर राजधानी ल्याएको थियो ।