
२६ जेठ, काठमाडौँ । न्युजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको प्रशंशा गरेको छन । केहलीसँग क्रिकेट खेल्न पाएको उनले आफुलाई भाग्यमानी ठान्ने गरेका छन भनेर उनले एक स्पोट्र्स च्यानलको शोन मा भनेका छन ।
“विराट र म अंडर-१९ वल्ड कप देखि सँगै क्रिकेट खेलि रहेको छौँ । अंडर-१९ वल्ड कप पछि जसरी विराट कोहलीको क्रिकेट करियर अगाडि बढेको छ त्यो निकैनै उत्कृष्ट रहेको छ । विराट कोहलीसँग क्रिकेट खेल्न पाएकोमा मैले आफुलाई भाग्यमानि ठानेको छु ” केन विलियमसन । उनले विराट कोहिलीबाट धेरै कुरा सिकेको पनि बताएका छन ।
२००८ को अंडर-१९ वल्ड कपमा विराट कोहली भारतीय क्रिकेट टिमको कप्तान थिए भने केन विलियमसन न्युजिल्याण्ड क्रिकेट टिमको कप्तान रहेका थिए । २००८ को अंडर १९ वल्ड कपमा कोहलीको कप्तानीमा रहको भारतले विलियमसनको कप्तानीमा रहेको न्युजिल्याण्डलाई सेमिफाइनलमा ३ विकेटले पराजित गरेको थियो ।