back
CTIZAN AD

युएईमा रहेका नेपाली युवाहरुको स्वतन्त्र राहत वितरण समुह, जसले १६ सय बढीलाई राहत वितरण गर्यो

वि.सं.२०७७ जेठ २६ सोमवार

792 

shares

२६ जेठ, युयई । युएईमा रहेका नेपाली युवाहरुको स्वतन्त्र राहत वितरण समुहले कोरोना भाइरसबाट प्रभावित १६ सय बढी नेपालीलाई राहत वितरण गरेर सामाजिक काममा अब्बल बन्दै गएको छ ।

कुनै संघ संस्थामा आवद्ध नभएका र तर नेपाल र नेपालीका लागि केही गरौं भन्ने उद्धेश्यले लागि परेका नेपाली पत्रकार, व्यवसायी, कामदार तथा विभिन्न पेशामा व्यवसायमा आवद्ध नेपालीहरुको स्वतन्त्र समुहले गत अप्रिल १४ गते देखि राहत वितरणमा सक्रिय रहँदै आएको छ । उनीहरुले अप्रिल १४ देखि हालसम्म युएईका तीनसय स्थानमा झण्डै १६ सयलाई राहत वितरण गरेको समुहका अभियन्ता दुर्योधन कार्कीले बताएका छन् ।

उनका अनुसार कोरोना भाइरसका कारण युएईमा समस्यामा परेका नेपालीहरु कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्धेश्यका साथ उनीहरुको कोठा–कोठामा पुगेर राहत वितरण गरिएको हो ।

युएईमा अन्य सामाजिक संघ संस्थाले राहत वितरणका कार्यक्रमहरु गरे पनि वास्तविक पीडित समक्ष राहत पुग्न नसकेको भन्दै आफूहरुको समुहले स्वतस्र्फुत् रुपमा राहत संकलन गरेर राहत वितरणका कार्यक्रम गरिएको समुहका अर्का अभियन्ता महेश श्रेष्ठले बताएका छन् ।
उक्त समुहले हालसम्म ७ हजार केजी चामल, ३ हजार केजी दाल, २ हजार लिटर तेल, आलु ३५ सय केजी, प्याज ३ हजार केजी, नुन २ हजार केजी, सोयाबिन ५ सय केजी तथा बेसार र मसला ५ सय केजी वितरण गरेको बताएको छ ।

युएईमा रहेका मनकारी दाताहरुबाट ११ हजार ५ सय दिरहाम, मुल समितिबाट ६ हजार १ सय दिराहाम र अन्य दाताबाट झण्डै ३० हजार दिराहम बराबरको खाद्य सामग्री प्राप्त भएको समुहले जनाएको छ ।

समुहले नेपाली दूतावासबाट प्राप्त खाद्य सामग्रीका ५० प्याकेट, लुलु हाइपरमार्केटद्धारा प्रदान गरिएको खाद्य सामग्री, मुल समितिबाट पनि ५० व्याग खाद्य सामग्री थप हस्तान्तरण गरेको बताएको छ । साथै डाबर इन्टरनेशनलबाट प्राप्त च्यावन प्रास, साबुन, टुथपेष्ट लगायतका समान वितरण गरेको जानकारी समेत दिएको छ ।

त्यसैगरी समुहले दाताबाट प्राप्त रकम मध्ये ६ हजारको खाद्य सामग्री खरिद गरेको र समु्हसँग बाँकी रहेको ५,५०० दिरामले बाँकी १० दिनसम्म राहत वितरण गरिने जनाएको छ ।

उक्त राहत वितरण समुहमा दुर्योधन कार्की, मनोज शैजु, महेश श्रेष्ठ, उमाकान्त पान्डे, राजेश श्रेष्ठ, रुपेश अधिकारी, कृष्ण गौतम, संकर राज घिमीरे, पुर्ण डुम्रे मनोज श्रेष्ठ भिम श्रेष्ठ लगायतको उल्लेख्य भूमिका रहेको छ ।

वि.सं.२०७७ जेठ २६ सोमवार १४:०८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...