२९ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिले सम्म ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ ।
हिजो मात्र १२ हजार ३ सय ७५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय ८८ जनाको मृत्यु भएको जो अहिलेसम्मकै उच्च हो ।