back
CTIZAN AD

एनआरएनए कुवेतको महिला विभागद्धारा सेल्टरमा रहेका महिलाहरुलाई आर्थिक सहयोग

वि.सं.२०७७ जेठ २९ बिहीवार

702 

shares

२९ जेठ, कुवेत । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कुवेतको महिला विभागले शेल्टरमा रहेका महिलाहरुलाई आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरस कोभिड १९ ले विश्व नै आक्रान्त बनाएको बेला कुवेतमा श्रमिकको रुपमा कार्यरत नेपाली महिलाहरु त्यसमध्ये पनि गर्भवती भएका र बालबालिकाका सहित नेपाल फर्किन लागेका ११ जना आमाहरु (जो आममाफी पाएर नेपाल फर्किनका लागि शेल्टरमा बसेका छन्) लाई १०० डलर (३०.२५० फिल्स) का दरले रकम हस्तान्तरण गरिएको संघले जानकारी दिएको छ ।

मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेल, एनसीसी कुवेतका अध्यक्ष सुजन केसी र महिला संयोजक रमिता तामाङले सेल्टरभित्रै पुगेर आर्थिक सहयोग गरेको बताइएको छ ।

‘यो जटिल समयमा कुवेतमा रहेका बच्चा तथा गर्भवती महिलाहरुको समस्यालाइ लक्षित गरि राहतको लागि बजेट विनियोजन गर्नुहुने गैराआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला संयोजक भोमा लिम्बूज्यू र गैरआवसिय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद परिवारप्रति गैरआवासिय नेपाली संघ कुवेत स–धन्यवाद हार्दिक कृतज्ञता प्रकट गर्दछ । साथै यो कार्य सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने नेपाली दूतावास परिवारप्रति पनि एनसीसी कुवेत हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ एनसीसी कुवतेले भनेको छ ।

वि.सं.२०७७ जेठ २९ बिहीवार ०८:२९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...