२८ जेठ, काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको भएर घरफर्कनेको संख्या ३७ लाख नाघेको छ । वल्डोमिटरका अनुसार ३७ लाख ७८ हजार २ सय २४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका हुन् ।
बुधबार मात्र विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्कनेको संख्या १ लाख ३१ हजार २ सय ९८ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७४ लाख ५८ हजार ९ सय ९३ रहेको छ भने संक्रमणबाट ४ लाख १९ हजार २० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ २९ बिहीवार ११:४४ मा प्रकाशित






























