२९ जेठ, काठमाण्डौं । सरकारले लकडाउन खुकुलो बनाउन अपनाएको नयाँ मोडालिटी अनुसार यी विभिन्न पेशा व्यवसाय अबदेखि खोल्न पाइनेछ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उच्च सावधानी अपनाउँदै यी विभिन्न व्यवसाय सन्चालन गर्न पाइने निर्णय गरेको हो ।
पछिल्लोपटक असार ५ गते सम्मका लागि थपेको लकडाउनसँगै जनजीवनमा परेको प्रभावका कारण लकडाउनको मोडालिटी फरक बनाइएको हो । अब काठमाण्डौं उपत्यका सहित कोरोनाको जोखिम कम भएका जिल्लामा स्वास्थ्य सतर्कता अपनाउँदै पसल, निजी सवारी साधन, उद्योग व्यवसाय सन्चालन गर्न पाइने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
हेर्नुहोस यी हुन् आजदेखि खोल्न पाइने व्यवसाय
स्वास्थ्य क्षेत्रका सबै व्यवसाय, औषधि, खाद्य, तथा पेयपदार्थ, तरकारी फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानीको उत्पादन, बिक्रि वितरण तथा ढुवानी, फोहर मैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सन्चार तथा प्रसारण, हुलाक सम्बन्ध्धी सेवा, बैंक तथा वित्तिय संस्था, सहकारी र बिमा सेवा, ।
सबै प्रकारका कृषि तथा पशुपंक्षीपालन सम्बन्धी काम, कृषि, बीउबिजन, रासयनिक मल, कृषि औजार र शीत भण्डारणसम्बन्धी सेवा तथा कार्य, उत्पादनशील उद्योग, निमार्ण सामग्रीसम्बन्धी उद्योग व्यवसाय ।
त्यस्तै विकास आयोजनाका कामहरु, नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रि वितरण, निर्माण कार्य, रेष्टुरेण्टबाट प्याकिङ तथा टेक वे सेवा ।
क्वारेन्टिनमा लागि तोकिएका होटल, बिजुलीका सामान बिक्रि र मर्मत, विद्युतीय उपकरण, मेसिन र सवारी साधन मर्मत गर्ने वर्कशप, पुस्तक पसल तथा स्टेसनरी, सबै प्रकारका ढुवानी सेवा, अत्यावस्यक सेवाका सबै कार्यालय, अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैक तथा वित्तिय संस्थानहरु ५० प्रतिशत कर्मचारी रहने गरी खोल्न पाइने छ ।
तयस्तै जोरविजोर प्रणाली अनुसार सन्चालन गर्न पाइने सवारी साधन (चारपांग्रे) मा चालकसहित २ जना मात्र बस्न पाइने छ भने दुईपांग्रेमा १ जनालाई मात्र हिँड्न दिने निर्णय भएको छ ।
वि.सं.२०७७ जेठ २९ बिहीवार ११:४५ मा प्रकाशित






























