back
CTIZAN AD

स्वदेशकै माटो पसिनाले भिजाउनुपर्छ भन्दै विदेशबाट फर्किएर तरकारी खेतीमा युवा

वि.सं.२०७७ जेठ ३० शुक्रवार

918 

shares

३० जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा तीन युवाले सामूहिकरुपमा शुरु गरेको तरकारीखेतीबाट आम्दानी गर्न थालेका छन् ।

लामो समय विदेशमा बिताएका दुई र स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच भएको एक युवा मिलेर शुरु गरेको सो खेतीले उत्पादन दिन थालेपछि बिक्री गरेर आम्दानी हुन थालेको हो ।

उनीहरुले भाडामा लिएको १४ रोपनी जग्गामा लगभग रु ३० लाखको लगानीमा निर्माण गरिएका १४ वटा प्लाष्टिक टनेलभित्र गोलभेँडा, काँक्रो, सिमी, करेला, भान्टा, बोडी, धनियाँलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

पहिलो चरणमा काँक्रा, करेला, सिमी र धनियाँ बिक्रीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको र ६ वटा टनेलभित्र लगाएको गोलभेँडाले पनि उत्पादन दिन शुरु गरेको उनीहरुले जानकारी दिए ।

“टनेलभित्र सिर्जना र अमिता जातका एक हजार २०० बिरुवा रोपकेका छौँ”, १० वर्ष दुवई बसेर आएका दीपेन्द्र बाँस्तोलाले भने, “अहिले गोलभेँडाले आम्दानी दिन शुरु गरेको छ दैनिक ५० किलो उत्पादन हुँदै आएको छ ।”

उनका अनुसार बारीमा उत्पादित तरकारी बिक्रीमा कुनै पनि समस्या रहेको छैन, तरकारी खरिद गर्न उपभोक्ता बारीमै आउने गरेका छन् ।

विदेशमा भन्दा स्वदेशको माटोमा पसिनाले भिजाउने हो भने आम्दानी गर्न सकिन्छ भने तरकारीखेतीतर्फ लागेका ध्रुव कोइरालाले भने, “यतिखेर हामीले तरकारीखेतीमा भविष्य खोज्न थालेका छौँ ।” उनले मलेसिया र दुवई १० वर्ष बिताएका छन् ।

तरकारी बिक्रीबाट मासिक एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको र अहिले तीनैजनाको बिहानदेखि झमक्क साँझसम्म तरकारीबारीको तरकारी बिक्री वितरणसँगै रेखदेख गर्नुदैनिकी बनेको उनले भने ।

स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ सामूहिक तरकारी खेतीतर्फ लागेका अर्का युवा डिल्लीराम अधिकारीका अनुसार ज्ञानसिपको अभावमा सोचे जस्तो आम्दानी गर्न कठिन भएको छ ।

तरकारीखेतमा चुनौती भएको महसुस भएको छ, रोगको पहिचान गर्न नसक्दा पहिलोपटकमै सिमी र काँक्रोबाट सोचे जस्तो फाइदा लिन सकिएन उनले भने, “उत्पादनकै अवस्थामा रोग लाग्यो बन्दाबन्दीका कारणले समयमा उपचार गर्न प्राविधिकको अभाव भएका कारण नोक्सान व्यहोर्नुप¥यो ।”

टनेलभित्र लटरम्म फलेको गोलभेँडा उत्पादन भई बिक्री गर्न शुरु गरेको भए पनि रोग लाग्छ कि भन्ने चिन्ताले सताउने गरेको बताउँदै उनले राज्यबाट केही सहयोग पाउने हो भने तरकारीखेतीलाई निरन्तरतासँगै विस्तार गर्दै जाने विश्वास व्यक्त गरे । रासस

वि.सं.२०७७ जेठ ३० शुक्रवार १४:०२ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...