३० जेठ, काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सुरु भएको छ । कृषि विकस बैंकका एक कर्मचारीलाई कोरोना पोजेटिभ भए पछि यसको दावी परेको थियो । नेको ईन्स्योरेन्सबाट कोरोना बीमा गराएका ती कर्मचारीको रकम कम्पनीले कृषि बिकास बैंकको खतामा जम्मा गरिदिन लागेको छ ।
त्यस्तै हालसम्म ४ जनाको नाममा दावी परेको बीमकसंघले जनाएको छ । बीमाको दावी गर्नेहरुमा नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्सबाट कोरोना बीमा गर्नेहरु छन । तिनीहरु मध्ये नेको ईन्स्योरेन्सले दावीको भुक्तानी गर्ने तयारी गरेको छ भने अरुको प्रकृयामा रहेको बताईएको छ ।

नेपालमा कोरोना संक्रमित अत्यान्तै न्यून रहेकाबेला गत वैशाख ७ गतेबाट कोरोनाम बीमाको सूरुवात भएको थियो । कोरोना बीमा गर्दा प्रति ब्यक्ति १ लाखको १ हजार तथा ५० हजारको ५ सय प्रिमियम तिर्नु पर्ने व्यवस्था छ । त्यस्तै पारिवारिक तथा संस्थागतको हकमा भने प्रतिव्यक्ति १ लाखको ६ सय तथा ५० हजारको ३ सय तिनुपर्ने व्यवस्था छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १४:१५ मा प्रकाशित



























