
३२ जेठ, काठमाण्डौ । बैदेशिक रोजगारमा जाने तथा बैदेशिक रोजगारीबाट आएर विदामा बसेका वा लकडाउनमा परेका नेपाली कामदारहरुको स्वास्थ्य परक्षिणको प्रमाणपत्र अब बिभिन्न अस्पतालले दिने भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार विदेश जानुपर्ने र भिसा भएकाहरुका लागि चाहिने निरोगिताको प्रमाणपत्र लिनका लागि गरिने नमुना संकलन वीर अस्पताल, शिक्षण अस्पताल, महाराजगन्ज र पाटन अस्पताल ललितपुरको ल्यावमा गरिने व्यवस्था मिलाईएको छ ।
नेपालमा मात्र नभएर यसअघि विश्वका धेरै देशले अन्य देशबाट आफ्नो देशमा आउने नागरिकले कोरोना भाइरस नभएको अस्पतालले प्रमाणित गरेको प्रमाणपत्र अनिवार्यरुपमा देखाउनु पर्ने नियम लागु गरेका थिए ।
नेपालले पनि आजदेखि रोजगारीका लागि विश्वका विभिन्न देशमा जाने नेपाली नागरिकका लागि चाहिने निरोगिता ( कोरोना संक्रमण नभएको) प्रमाणपत्र पाटन, विर र शिक्षण अस्पतालबाट दिइने व्यवस्था मिलाएको हो ।