back
CTIZAN AD

अब विदेश जानेका लागि यी अस्पतालले कोरोना संक्रमण नभएको प्रमाणपत्र दिने

वि.सं.२०७७ जेठ ३२ आइतवार

867 

shares

३२ जेठ, काठमाण्डौ । बैदेशिक रोजगारमा जाने तथा बैदेशिक रोजगारीबाट आएर विदामा बसेका वा लकडाउनमा परेका नेपाली कामदारहरुको स्वास्थ्य परक्षिणको प्रमाणपत्र अब बिभिन्न अस्पतालले दिने भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार विदेश जानुपर्ने र भिसा भएकाहरुका लागि चाहिने निरोगिताको प्रमाणपत्र लिनका लागि गरिने नमुना संकलन वीर अस्पताल, शिक्षण अस्पताल, महाराजगन्ज र पाटन अस्पताल ललितपुरको ल्यावमा गरिने व्यवस्था मिलाईएको छ ।

नेपालमा मात्र नभएर यसअघि विश्वका धेरै देशले अन्य देशबाट आफ्नो देशमा आउने नागरिकले कोरोना भाइरस नभएको अस्पतालले प्रमाणित गरेको प्रमाणपत्र अनिवार्यरुपमा देखाउनु पर्ने नियम लागु गरेका थिए ।

नेपालले पनि आजदेखि रोजगारीका लागि विश्वका विभिन्न देशमा जाने नेपाली नागरिकका लागि चाहिने निरोगिता ( कोरोना संक्रमण नभएको) प्रमाणपत्र पाटन, विर र शिक्षण अस्पतालबाट दिइने व्यवस्था मिलाएको हो ।

वि.सं.२०७७ जेठ ३२ आइतवार १८:५४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...