back
CTIZAN AD

अचानक किन स्थगित गरियो सचिवालय बैठक ?

वि.सं.२०७७ जेठ ३२ आइतवार

753 

shares

३२ जेठ,काठमाडौं । आइतबार ४ बजे बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय समितिको बैठक अकस्मात स्थगित गरिएपछि यसबारे अनेकौँ टिप्पणीहरु गरिएका छन् ।

आजको बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको भनिएपनि अन्तिममा आएर स्थगित गरिएको जानकारी गराइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित गर्नुपरेको जानकारी गराइए पनि आजको बैठकमा एमसीसीको विपक्षमा अन्य नेताहरु रहेको र प्रधानमन्त्रीसँग नजिकीएका रामबहादुर थापा ‘बादल’ पनि एमसीसीको विपक्षमा नै उभिने स्थिति देखिएपछि बैठक स्थगित गरिएको हुनसक्ने एक अर्को स्रोतले बताएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको परामर्शबाट बैठक स्थगित भएको र दुवैको सहमतिमा नयाँ बैठकको मिति तोकिने बताएका छन् ।

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको थियो ।

एमसीसी सम्बन्धी छलफल गर्न भन्दै बोलाइएको दोस्रो पटकको बैठक पनि स्थगित भएपछि नेकपाका अन्य नेतृत्व तथा कार्यकर्तामा अन्यौलता बढेको छ ।

(फाइल तस्विर)

वि.सं.२०७७ जेठ ३२ आइतवार १९:१९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...