३२ जेठ, काठमाडौं । नेपालका कोरोना संक्रमण बढ्न थालेपछि सरकारले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको आइतबारको बैठकले प्रदेशहरुमा सञ्चालित निजी मेडिकल कलेजहरु र सरकारी आवासीय भवनलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो ।
ती आइसोलेसन सेन्टर स्वास्थ्य मन्त्रालयको व्यवस्थापनमा सञ्चालन हुने बताइएको छ ।
मेडिकल कलेज तथा सरकारी आवासीय भवनमा नभएका स्थानमा हालका क्वारेन्टिन स्थलहरुलाई नै आइसोलेसन सेन्टर बनाउने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ ।
पछिल्ला दिनमा कोरोना संक्रमित बढ्न थालेपछि दबाबमा सरकारले यस्तो निर्णय गरेको हो ।
त्यस्ती सीसीएमसीले क्वारेन्टिन स्थलको बेडमा क्षमताभन्दा बढी मानिस नराख्न पनि सरकारलाई निर्देशन दिएको छ ।