back
CTIZAN AD

कोरोना संक्रमित एक व्यक्तिको उपचार खर्च झण्डै १४ करोड !

वि.सं.२०७७ असार १ सोमवार

642 

shares

१ असार, काठमाण्डौं । तपाईलाई सुन्दा र पढ्दा पनि अचम्मै लाग्ला कोरोना संक्रमति एक व्यक्तिको उपचारमा झण्डै १४ करोड खर्च भनेर ।

तर भएको छ त्यस्तै पाठकबृन्द । त्यसै त महँगो र खर्चिलो कोरोनाको उपचार गरेवापत एक अमेरिकी नागरिकले झण्डै १४ करोडको बिलमा साइन गर्नुपरेको छ । ती वृद्धको उपचारमा अमेरिकन डलर ११ लाख डलर ( नेपाली झण्डै १४ करोड रुपैयाँ) खर्च भएको छ ।

अमेरिकाको सियाटल टाइम्समा उल्लेख भए अनुसार कोरोनाको संक्रमणले गम्भीर बनेका ती ७० वर्षीय वृद्धले ६२ दिन अस्पतालमा बसेर उपचार गरे बापत ११ लाख डलरको बिलमा हस्ताक्षर गर्नु परेको उक्त समाचार ऐजेन्सीले लेखेको छ ।

कोरोनाका कारण गम्भीर विरामी भएका माइकल फ्लोर नामका ती वृद्धलाई अति नाजुक अवस्थामा उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

उक्त विलमा उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । त्यसको प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेर उपचार गरिएको ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको ८२ हजार डलर र दुई दिनसम्म इमरेन्सी सेवाको एक लाख डलर गरेर टोटल ११ लाख २२ हजार ५०१ डलरको बिल रहेको थियो ।

६२ दिनको उपचारपछि ती बृद्ध निको भएर घर फर्किएका छन् । उनी डिस्चार्ज हुने क्रममा १८१ पेजको उपचार खर्चको विलमा उनलाई साइन गर्न लगाइएको थियो । ती बृद्धले आफ्नो उपचार गरे वापतको पैसा आफैले भने तिर्नु परेन । अमेरिकी सरकारले वृद्ध वृद्धाका लागि गरेको बिमा सेवा मेडिकेयरले तिरेको पनि उक्त समाचारमा जनाइएको छ ।

वि.सं.२०७७ असार १ सोमवार १६:०१ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...