सडकदेखि संसदसम्म, झुपडिदेखि महलसम्म अनि सासदेखि लाससम्म पनि जहातहि राजनीति र बिचौलियाको बिगबिगि भएको मेरो देशल अनि म त्यहि देशको एक नागरिक । यस्तै दलाली र बिचौलियाहरुको फन्दामा म पनि परेको छु । त्यहि घटनाले मलाइ सधै चिमोटि रहन्छ ।
महिनाको दश हजार तलब, बाबु नानिको स्कुलको मासिक शुल्क करिब छ हजार, केहि कसै गरि पनि हिसाबकिताब मिल्दै नमिल्ने । यहि हिसाब मिलाउने झिनो आशामा हरियो राहदानी समाउने निणर्य गरेँ । मनमा परिवारको माया, बिछोडको पीडा, साथीभाइको माया, आफ्नो गाँउ–ठाऊ छोड्नुको पीडा सबै मिश्रित भावनाहरु बोकि देश छोड्न भनि राजधानीको एक मेनपावरमा राहदानी बुझाए ।
‘भिषा आयो गाउँबाट आउनुस्’ भनेको दुइ महिना पश्चात मात्र देश छोडियो । ति दुइ महिनामा के कति छलकपट भए त्यसका कहानी छुट्टै छन् ।
पसिना सङ्ग पैसा साटि घरमा पठाउन थालेको ३ वर्ष भैसकेको थियो । बचतको नाममा छोरो १०, छोरी ७ मा पढ्ने भयो । परदेश आउने समय आमा र श्रीमतीको गहना बेचि बिचौलियालाइ बुझाएर आएको थिए । त्यहि गहना पनि किन्दिन सकेको छैन आजसम्म । परिवारको मायाले सधै पिरि रहन्छ । यसपटक भने घर जाने निर्णय गरेँ ।
तीन वर्षमा गाउँले अनुहार फेरेको रहेछ । हरेक ठाउँमा बिजुली, चिल्ला बाटा देख्दा मन रमायो तर यो खुसी धेरै समय रहेन जब गाउँका खेतबारीहरु फटाफट चिरिएको देखेँ ।
म प्रदेश लागेपछि तल्ला घरे ठुलो कान्छो माथिल्ला घरे सानो कान्छो सबैले धरै नै प्रगति गरेछन् । गाँउदेखी सहर बसाई सरि सकेछन् । साथिहरूको प्रगतिमा मनमनै खुसी व्यक्त गरे । उनिहरूलाई भेट्न र के व्यवसाय गरेका रहेछन् बुझ्ने उत्सुकता जाग्यो ।
आफूलाई पनि प्रदेशी जीवनदेखी उदेक लागिरहको बेला साथिसंगिले गरेको प्रगति देख्दा मनमा कता–कता झिनो आशा पनि पलायो । पक्कै पनि राम्रै व्यवसायमा हात हालेका होलान् साथीहरूले भन्ने लाग्यो, अनि मलाई पनि ‘अब बिदेश नजा यतै केहि गरौ’ भन्लान् भने आशामा मनै मनमा लड्डू पकाइरहेँ ।
उनीहरूलाई भेट्ने जमर्को गरि रहे । यति सजिलो कहाँ थियो र भेट्न ! म बिदेश जानुअघि साईकल चढ्ने साथी आज क्रेटा कारमा गुड्न थालेका जो रहेछन् । पटक–पटकको फोन प्रयासपछि भेट्ने मौका जुर्यो । बर्षौ पछिको साथीहरूसगंको भेट त्यो पनि चाडै आर्थिक प्रगति गरि महंगा, चिल्ला गाडी चढ्ने हैसियत बनाईसकेका आफुलाई प्रगति पथतर्फ उन्मुख गराउँदै गरेका साथिहरूसँगको भेटमा म निकै प्रसन्न थिए ।
किन कि, हामि बिदेशमा रहेका नेपाली पैसा तिरेर आफैलाई बेचे सरह गरि वैदेशिक रोजगारमा जोड्डिन पुगेका हौ । तर, आफू र आफ्नो स्वाभिमानलाई बेचेका छैनौ अनि आफ्नो माटो र माटोको धर्म बिर्सेका छैनौं । अनि ठुलो कान्छा, सानो कान्छाको भाषामा हामी मुर्गा हौला तर ठुलो कान्छा, सानोकान्छा जस्ता चाहि होईनौ ।
साथीहरूले गरेका प्रगति देखेर निकै खुसी भए । प्रश्न गरे के व्यवसाय गरेका छौ ? उनिहरूले त यति धेरै व्यवसायको नाम भने मेरो मानसपटलमै अटाएन । मैले बडो हिचकिचाउदै भने–मलाई पनि तिमिहरूसँग यतै केहि गर्ने मन छ । कति बिदेश हिड्नु ! यतै केहि गर्ने वातावरण मिलाई देउ । ठुलोकान्छोले भन्यो–भईहाल्छ नि ! त चिन्ता नगर बरू बिदेशबाट ल्याएको पैसा चाँहि कहि कतै तुरून्तै लगानी गरि हाल, पैसाले पैसा कमाउछ बुझिस् । मैलेपनि हुन्छ भने । ठुलोकान्छोले आफ्नो चिल्लो कार चढाएर लग्यो ।
म प्रदेश जानुअघिको खेतलाई टुक्रा–टुक्रा पारेर घडेरीमा परिणत गरिसकेका रहेछन् । ठुलोकान्छोले मलाई पनि उक्त घडेरीमा लगानी गर्न प्रेरित गर्यो । ३ महिना भित्रमा झन्डै डबल हुने बतायो । मैले पनि ठुलोकान्छोको कुरामा भरोसा गरे आखिर भरोसा नगर्नु पो कसरि, ठुलो व्यवसायी त्यो पनि आफ्नो बाल्यकालको साथी अब सँगसगै व्यवसाय गर्ने सपना बोकिसकेको पनि त थिए । पछि थाहाँ पाए ठुलोकान्छो र सानोकान्छोको व्यवसाय त बिचौलिया, ठेट भाषामा भनौ ‘दलाली’ पो रैछ । उनिहरूको भाषामा म र म जस्ता सिधा साधाहरू त केवल मुर्गा हौ रे !
पासर्पोट बनाउँदा जिल्ला प्रसाशन अगाडि फर्म भर्ने बहानामा बसेका राज्यद्दारा संरक्षित बिचौलिया (दलाल) द्धारा ठगिन सिपालु हामी । पासर्पोट हातपरेपछि, कुन देश जाने भन्ने सिलसिलामा लाइसेन्स भए वा नभएका बिचौलिया समात्यो । सामान्य भन्दा सामान्य कामका लागि खाडी मुलुकहरूका निम्ति पनि उनिहरूले भने बमोजिम रकम तिरेर आफूले आफैलाई बेच्न बाध्य छौ हामि ।
जुनसुकै वाहानामा विदेशीए पनि आखिर बाध्यता नै हो । रेमिटेन्सले नै मुलुक चलेको जगजाहेरै छ । मुलुकमा प्राकृतिक विपत्तिमा होस् या राष्ट्रिय गौरवका संरचना निर्माणमा होस्, कुनै गरिव दुःखीका विपतको घडिमा होस् ठुलोकान्छा, सानोकान्छाहरूको मन छुदैन । हामि बिदेशिएका नेपालीहरू जुर्मुराउँछौं अनि आफ्नो वलवुताले भ्याएसम्म अनि छाकै काटेर पनि देश र देशवासीको खुसीका लागि आर्थिकदेखी भौतिक सम्मको सहयोगका निम्ति तन–मन धनका साथ अगाडि बढ्छौ ।
किन कि, हामि बिदेशमा रहेका नेपाली पैसा तिरेर आफैलाई बेचे सरह गरि वैदेशिक रोजगारमा जोड्डिन पुगेका हौ । तर, आफू र आफ्नो स्वाभिमानलाई बेचेका छैनौ अनि आफ्नो माटो र माटोको धर्म बिर्सेका छैनौं । अनि ठुलो कान्छा, सानो कान्छाको भाषामा हामी मुर्गा हौला तर ठुलो कान्छा, सानोकान्छा जस्ता चाहि होईनौ ।
सुन्छु अचेल ठुलोकान्छा र सानोकान्छाले झनै प्रगति गरेका छन् रे । अंग्रेजीमा न्वारन भयो रे उनीहरुको । हिजोका दलाल आज एजेन्टका नाममा वोलाइन्छ रे उनीहरुलाई ! त्यति मात्र कहाँ हो र, ठुलोकान्छा त गत स्थानीय निर्वाचनमा गाउँ प्रमुख नै पो भयो अरे ।
हामि विदेशिएकाहरूले यदि राष्ट्र, राष्ट्रियता, राजनीतिक लगायत मुलुकका मुलभूत विषय वस्तुमा आफ्नो तर्क राख्यो भने, ति भु पु ठुलोकान्छा र सानोकान्छाहरूका हामिमाथि कडा प्रहार हुने गर्दछ । उनीहरूको व्यंग्यलाई आत्मासाथ गर्नको विकल्प देखिन मैले । किन कि, मुलुकमै बसेर आफुलाई बिचौलियामा रूपान्तरण गर्न सकिन मैले । अनि मुलुकमै बसेर कुनै न कुनै राजनीतिक घुम्टो ओढेर पेशामा राजनीति लेखाउन पनि सकिन ।
रत्ननगर २, चितवन, हाल-पूर्वि अफ्रीका सिसेल्स
वि.सं.२०७७ असार १ सोमवार १३:२८ मा प्रकाशित






























