back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट थप १ महिलाको मृत्यु भएको पुष्टि

वि.सं.२०७७ असार ३ बुधवार

852 

shares

२ असार, काठमाण्डौं । कोरोना संक्रमणबाट बाँकेकी १ महिलाको मृत्यु भएको छ ।  बाँकेको नेपालगन्ज मेडिकलमा जेठ ३० गते भर्ना भएर निमोनियाको उपचार गराइरहेकी ४६ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको हो ।

आइसीयुमा राखेर उपचार गरिएकी बैजनाथ गाउँपालिका वडा नं ६ एचगाउँकी ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको र मंगलबार कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङका अनुसार उनी ३० जेठमा अस्पतालमा भर्ना भएर आइसीयुमा उपचार गराइरहेकी थिइन्, सोमबार मृत्यु भएको र मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी भारत तथा अन्य ठाउँबाट नआएको र सामुदायिक व्यक्ति नै भएकोले कसरी कोरोना संक्रमण भयो भन्ने कुरा कन्टयाक ट्रेसिङ गरिरहेको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकरीले संसारन्युजलाई जानकारी दिएका छन् ।

बाँकेमा उनीसँगै २ जनाको मृत्यु भएको छ । यसअघि पनि भारतबाट फर्किएर नरैनापुरको क्वारेन्टिनमा बसेका २५ वर्षीय युवाको क्वारेन्टिनमै मृत्यु भएको थियो ।

सोमबार मृत्यु भएकी महिलासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । जसमा १ बालिका, २ महिला र १७ जना पुरुष रहेका छन् ।

सोमबार कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको स्वास्थ्य मन्त्रालयले आधिकारी जानकारी भने गराएको छैन ।

वि.सं.२०७७ असार ३ बुधवार ०८:१५ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...