back
CTIZAN AD

कोभिड–१९ सङ्क्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’ को सफल नतिजा

वि.सं.२०७७ असार ३ बुधवार

762 

shares

 “मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नुपरेका कोभिड–१९ सङ्क्रमित ३५ प्रतिशत विरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको सङ्क्रमणलाई निको पारेको थियो ।”

३ असार, पेरिस । बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई विरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् ।

मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोनाभाइरस सङ्क्रमित विरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अन्वेषकहरूको टोलीले भनेको छ, “बेलायतमा प्रशस्त पाइने ‘स्टेरोइड डेक्सामेथासोन’ औषधिले गम्भीर प्रकृतिका सङ्क्रमित दुई हजार व्यक्तिको जीवन बचाउन सफल भएको छ ।”

अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार “मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नुपरेका कोभिड–१९ सङ्क्रमित ३५ प्रतिशत विरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको सङ्क्रमणलाई निको पारेको थियो ।”

उक्त रिपोर्टमा भनिएको छ, “डेक्सामेथासोनको दैनिक मात्राहरूले हरेक आठमा एक जना भेन्टिलेटरको प्रयोगमा पुगेका कोभिड–१९ विरामी र अक्सिजन दिएर राखिएका हरेक २५ सङ्क्रमित विरामीमध्ये एकलाई रोगसँगको लडाईंमा सफलता मिलेको थियो ।”

यो परीक्षण उपचार असम्भव देखिएका वा जटिल प्रकृतिका कोरोनाभाइरस सङ्क्रमित करिब चार हजार विरामीलाई गरिएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका नुफिल्ड चिकित्सा विभाग सङ्क्रामक रोगविज्ञ प्राध्यापक पिटर होर्बीले भने, “डेक्सामेथासोन कोभिड–१९ सङ्क्रमित विरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको छ । यो स्वागतयोग्य नतिजा भएको छ ।”

“डेक्सामेथासोन उपलब्ध औषधिमध्ये सस्तो र विश्वभर सहजरूपमा पाइने जटिल विरामीको स्वास्थ्यमा सुधार गर्न सफल औषधि हो,” उने भने । (रासस/एएफपी)

वि.सं.२०७७ असार ३ बुधवार ०८:१९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...