back
CTIZAN AD

क्वारेन्टिनमै एक पुरुषद्धारा आत्महत्या, नगरप्रमुख भन्छन्–‘आत्महत्याको कारण क्वारेन्टिन होइन’

वि.सं.२०७७ असार ३ बुधवार

822 

shares

३ असार, काठमाण्डौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बसेका एक ४४ वर्षीया पुरुषले आत्महत्या गरेका छन् ।

भारतबाट आएर वडा नं ५ को जुकेनामा रहेको हरि माविको क्वारेन्टिनमा बसेका देव वहादुर विकले क्वारेन्टिनमा बसेका बेला बुधबार बिहान आफूले विच्छ्याएको तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आरडिटी पोजेटिभ देखिएपछि पिसीआरको समेत श्वाव लिएर क्वारेन्टिनमै राखिएका विकले बुधबार बिहान ३ बजेतिर आत्महत्या गरेका हुन् ।

‘सँगै सुतेका साथीलाई पिसाब फेर्न जाउँ भनेर उठाएछन् । साथीहरुसँगै बाहिर गएर पिसाब फेरेर आएपछि साथीहरु सुतेछन् उनले आफू सुतेको तन्ना निकोलेर स्कुलकै कम्पाउण्डमा गएर आत्महत्या गरेको पाइयो ।’ शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले संसारन्युजसँग भने ।

क्वारेन्टिनमा केही समस्या भएर हो कि आत्महत्या गरेको ? भन्ने संसारन्युजको प्रश्नमा नगरप्रमुख अधिकारीले, क्वारेन्टिनका कारण नभएको र अन्य कुनै कारण हुनसक्ने बताए । ‘ केही भएको थिएन । स्वस्थ्य थिए, साथीहरुसँग पनि त्यस्तो केही कुरा गरेको पाइएन । अन्य केही कारण होला हामी अनुसन्धान गर्दैछौं ।’

नगरप्रमुख अधिकारीले २५ जेठमा पिसीआर परीक्षणका लागि श्वाव लिएर भैरहवा अस्पतालमा पठाइए पनि अहिलेसम्म रिर्पोट नआएको र रिर्पोटका लागि ताकेता गरिएको बताएका छन् । ‘रिर्पोट कहाँ छिटो आउँछ र तपाईहरुलाई थाहा भएकै कुरा हो ।’ उनले भने ।

भारतबाट आएका उनी १० जेठमा क्वारेन्टिनमा बस्न पुगेका थिए । त्यसको १५ दिनमा उनको आरडिटी जाँच गर्दा पोजेटिभ देखिएपछि पिसीआरको टेष्टका लागि २५ जेठमा नमुना लिइएको थियो । नगरप्रमुखले मृतकका परिवारलाई पनि भेटेको तर परिवारबाट पनि त्यस्तो केही कुरा थाहा नभएको बताए ।

नरप्रमुख अधिकारीका अनुसार शितगंगा नगरपालिकाका विभिन्न स्कुल लगायतका ठाउँमा निर्माण गरिएको ६१ वटा क्वारेन्टिनमा झण्डै १२ सय बढी भारतबाट आएका व्यक्तिहरुलाई राखिएको छ । उनीहरुमध्ये हालसम्म ३५० जतिको पिसीआर परीक्षण गरिएकोमा केहीको रिर्पोट आइसकेको र केहीको आउन बाँकी रहेको छ । शितगंगामा हालसम्म ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

वि.सं.२०७७ असार ३ बुधवार १४:४७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...