३ असार काठमाडौं । विद्युतको नयाँ महशुलदर सार्बजनिक भएको छ । बिद्युत नियमन आयोगले असार १ गते देखि लागूहुने गरि बिद्युतको नयाँ महशुल दर सार्बजनिक गरेको हो । आयोगले सबै प्रकारका उपभोक्तको लागि औशत १० प्रतिशत मूल्य घटाएको छ ।
सरकारले बिद्युतको महशुलदर कायम गर्न तथा बिद्युतको अन्य कामको लागि बिद्युत नियमन आयोग गठन गरेको छ । कानुनी प्रावधान अनुसार महसुल निर्धारण गर्न नेपाल बिद्युत प्राधिकरणले आयोगमा प्रस्ताब गरेको थियो । प्राधिकरणले प्रस्ताब गरेको सो महशुल दरलाई केहि हेरफेर गर्दै आयोगले स्विकृत गरेको हो ।
त्यस्तै आयोगले नेपालमा लामो समयदेखि सन्चालनमा ल्याईएको छुट््टै डेडिकेटेड फिडर र ट्रंक लाईनको महशुल दर पनि खारेज गरेको छ । प्राधिकरणले बिगतमा लोडसेडिङ्को बेला उद्योगीहरुलाई डेडिकेटड फिडर र छुट्टै ट्रंकलाईन मार्फत बिद्युत बढी महशुल लिएर बिद्युत उपलब्ध गराउँदै आएको थियो । लोडसेडिङ हटेपछि सो ब्यबस्था अनुसारको पैसा नतिर्ने भन्दै उद्योगीहरु अदालत समेत गएका थिए भने उनीहरुले त्यो व्यवस्था नै खारेज गर्नु पर्ने माग गर्दै आएका थिए । अब भने उक्त व्यवस्था नै खारेज भएको छ ।
त्यस्तै अबदेखि मासिक ५ एम्पीयर भार सहित १० यूनीटसम्म बिद्युत खपत गर्ने उपभोक्ताले ३० रुपैंयाँ डिमाण्ड शुल्क मात्र तिरे पुग्ने भएकोछ । उनीहरुलाई ईनर्जी शुल्क नलाग्ने भएको छ ।
हेर्नुहोस् आयोगले तोकेको महशुल दर


वि.सं.२०७७ असार ३ बुधवार १५:२१ मा प्रकाशित





























