
५ असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट १ लाख २० हजार ६ सय ८८ को मृत्यु भएको छ ।
त्यसैगरि अमेरीकामा कोरोना भाइरसबाट संक्रमितको संख्या पनि २२ लाख ६० हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या २२ लाख ६३ हजार ६ सय ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २२ हजार २ सय २८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ९ जनाको मृत्यु भएको छ ।