
८ असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि ४ लाख ७० हजार नाघेको छ ।
वल्डोमिटरका अनुसार विश्वभरमा ९० लाख ५१ हजार ५ सय ३५ कोरोना भाइरसका संक्रमितहरु रहेका छन भने संक्रमणबाट ४ लाख ७० हजार ८ सय ४ जनाले आफ्नो ज्यान गुमाईसकेका छन ।
कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फकर्नेको संख्या पनि ४८ लाख ४१ हजार ९ सय ४८ रहेको छ ।
कोरोना संक्रमणबाट अमेरीकामा सबै भन्दा बढिको मृत्यु भएको छ र संक्रमितको संख्या पनि सबै भन्दा बढि अमेरीकामा नै रहेको छ ।
अमेरीकामा मात्र संक्रमितको संख्या २३ लाख ५६ हजार ६ सय ५७ रहेको छ भने मृत्यु हुनेको संख्या १ लाख २२ हजार २ सय ४७ रहेको छ ।