Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना



८ असार, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिएका छन । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताए ।

साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रहसमेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा