back
CTIZAN AD

पर्यटनमन्त्री सहभागि भर्चुअल मिटिङ्गमा पोर्न भिडियो बजेपछि…

वि.सं.२०७७ असार ८ सोमवार

855 

shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल मिटिङ्गमा साईबर आक्रमण भएसँगै कार्यक्रम स्थगित भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा भएको साईबर आक्रमणसँगै कार्यक्रम स्थगित भएको हो ।

‘जुम एम’मार्फत भएको भर्चुअल मिटिङ्गको बीचमै ह्याकरले ह्याकिङ्ग गरि अश्लिल (पोर्न) भिडियो बजाएको थियो ।

सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न नेपाल पर्यटन बोर्डले ‘जुम एप’मार्फत भर्चुअल बैठक आयोजना गरेको थियो । भर्चुअल कार्यक्रममा पर्यटनमन्त्री बोल्दा बोल्दै पोर्न भिडियो बजेको थियो ।

भर्चुअल मिटिङ्गमा ‘ह्यारिस’ नामको आइडीबाट भिडियो बजाइएको थियो । भिडियो बजेलगत्तै एडमिनले कार्यक्रम स्थगित गराएका थिए ।

यसैबीच २ सयजना बढी सहभागी उक्त मिटिङमा भएको साइबर आक्रमणबारे नियमनकारी निकाय नेपाल दुरसञ्चार प्राविधिकरणले अध्ययन थालेको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ह्याकिङ्गको विषयमा छिट्टै सबै जानकारी आउने संसार न्यूजलाई बताए ।

वि.सं.२०७७ असार ८ सोमवार १५:१८ मा प्रकाशित

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...