back
CTIZAN AD

जब यी कलाकारको कोरोना भाइरसका कारण मृत्यु भएको भन्ने खबर फैलियो…

वि.सं.२०७७ असार ८ सोमवार

774 

shares

जब कोरोना संक्रमणका कारण भारतीय टिवी कलाकार जया भट्टाचार्यको मृत्यु भएको समाचार वलिउडभरी छायो तब उनका फ्यानहरु दुःखीत भए ।

यस्तो खबरले उनका फ्यान मात्र नभएर उनी पनि हैरान नै बनिन् । अनि कोरोना भाइरसका कारण आफ्नो मृत्यु भएको भन्ने समाचार झुठो भएको भनेर सोसियल मिडियामा लेखिन् तब उनका फ्यानहरुलाई राहत मिल्यो ।

कसैले उनको फोटो राखेर लेखेको थियो, ‘कोरोनाको कारण अर्की कलाकारको पनि ज्यान गयो ।’

जयाले इन्स्ट्राग्राम र फेसबुकमा फोटो राखेर पोस्ट गरिन् अनि भनिन्–हाहाहा, म अझै जिउँदै छु । कृपया यस्तो कुरा पोस्ट गर्नुभन्दा पहिले क्रस चेक गर्नुहोस् ।’

जयाको मृत्युको खबर गलत भएको स्वयम् जयाले नै बताएपछि अफवाह फैलाएको भन्दै उनका फ्यानहरु मृत्युको खबर पोष्ट गर्नेहरुसँग रिसाए ।

उनीहरुले लेखे,‘तपाई स्वस्थ्य रहनुहोस् अनि सयौं वर्षसम्म बाँचिरहनुहोस् तपाइ सबैका लागि महत्वपूर्ण हुनुहुन्छ ।’

केहि समयअघि कोरोना संक्रमणका कारण इरफान खानको मृत्यु भएपछि जयाको पनि कोरोना भाइरसका कारण मृत्यु भएको भन्ने अफवाह फैलाइएको थियो । टेलिभिजनकी चर्चित कलाकार जयाले क्योकि सास भी कभी बहु थीलगायतका सिरियलमा मुख्य भूमिका निभाएकी छन् । अहिले उनी लकडाउनका कारण समस्यामा परेकाहरुलाइ सहयोग गर्ने कार्यमा व्यस्त रहेको बताइएको छ ।

वि.सं.२०७७ असार ८ सोमवार १४:३३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...