काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसी सम्झौता नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद भएको टिप्पणी गरेका छन् । सोमबार एमसीसी सम्झौताबारे सामाजिक सञ्जालमार्फत बोल्दै उनले एमसीसीलाई परियोजनाको रुपमा हेर्नुपर्ने बताएका छन् ।
बाँस्कोटाकाले पाँच जनाभन्दा बढि मन्त्री, अर्थमन्त्री, उर्जामन्त्री र परराष्ट्रमन्त्रीहरु संलग्न भएको सम्झौताबारे संसदमा राम्रोसँग बहस हुनुपर्ने बताएका छन् । उनले सम्झौतालाई नै आधार बनाएर कोही राष्ट्रवादी र राष्ट्रघाती बन्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।
Mcc एउटा परियाेजना भन्दाबढी नेकपाकाे आन्तरिक दाउपेचकाे मसला बन्नु दुःखद।पाँच छ जनाबढी प्रम,अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताकाे विन्दुमा पुगे?तीनीहरु प्रत्येक बाेल्नु पर्छ र संसदमा बुँदागत बहस।तथ्य हैन,हल्लाका भरमा त्यतिकै काेही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने?
— Gokul Prasad Baskota (@GokulPBaskota) June 22, 2020
सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्य र स्थायी समितिका अधिकांश सदस्य एमसीसीको विपक्षमा छन् । यहीबीच प्रधानमन्त्री केपि शर्मा ओली एमसीसीलाई पास गराउन एकसुत्रीय एजेण्डामा देखिएसँगै सत्तारुढ नेकपाभित्र विवाद चरमता तिर पुगेको छ ।
विवादका बीच नेकपाले आगामी असोज १० मा स्थायी समितिको बैठक बोलाएको छ । जनाइएअनुसार १० गते बस्ने बैठकले एमसीसीको विषयमा महत्वपूर्णं निर्णय लिनेछ ।