back
CTIZAN AD

क्वारेन्टिनमा बसेकै राति आत्महत्या गरे एक युवाले

वि.सं.२०७७ असार ९ मंगलवार

780 

shares

९ असार, काठमाण्डौं । क्वारेन्टिनमा बसेका एक युवाले आत्महत्या गरेका छन् ।

सुदूरपश्मि प्रदेशको बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिकाका ३२ वर्षे युवाले क्वारेन्टिनमै रहेको अवस्थामा आत्महत्या गरेका हुन् ।

भारतको बेंगोलरबाट असार ६ गते आउनासाथ गाउँपालिकाको मजखुरी माविमा रहेको क्वारेन्टिनमा बसेका उनले सोहि राति (आइतबार) आत्महत्या गरेका हुन् । उनी सोमबार बिहान विद्यालयको छानाको कडीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

श्रीमतीलाई भारतमै छोडेर एक्लै आएका उनले के कारणले आत्महत्या गरे भन्नु खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकृत नेत्र बहादुर बोहोराले संसारन्युजलाई जानकारी दिएका छन् ।

बोहोराका अनुसार स्कुलको कोठाभित्र एक्लै बसेका उनी कक्षा कोठाको छानोमा पासो लगाएर आत्महत्या गरेका थिए । उनमा कोरोना संक्रमण भए\नभएको परीक्षणका लागि श्वाव संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कैलाली पठाइएको पनि बोहोराले जानकारी दिएका छन् ।

वि.सं.२०७७ असार ९ मंगलवार १३:११ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...