back
CTIZAN AD

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप एकको मृत्यु

वि.सं.२०७७ असार ९ मंगलवार

750 

shares

काठमाडौं । कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप १ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। अस्पतालले जनाएअनुसार मृतक कोरोना संक्रमित क्षयरोगबाट समेत पीडित थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि असार ४ मा उनी प्रदेश अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर देखिएसँगै उनलाई सिघै आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको मृत्युसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।

यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लोपटक देखिएका संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्। योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ।

वि.सं.२०७७ असार ९ मंगलवार १५:३० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...