back
CTIZAN AD

क्वारेन्टाइनमा बसेकालाई सरसफाई तथा खाद्य सामग्री सहयोग

वि.सं.२०७७ असार ९ मंगलवार

906 

shares

९ असार, मुगु । मुगुमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गते देखि जेठ ३२ गते सम्मलागु भएको लकडाउनमा देशका बिभिन्न जिल्ला तथा भारत र अन्य मुलुकबाट घर फर्की १४ दिन सम्म क्वारेटाईनमा बसेकाहरुलाई सरसफाई लगायत खाने कुरा सहयोग भएको छ ।

सोरु र मुगुमका र्मारोङ गाँउपालिकामा देशका बिभिन्न शहर तथा भारत र अन्य मुलकबाट आई १४ दिन सम्म क्वारेन्टाईन बसेकाहरुलाई स्टोरिज अफ नेपाल, नेपाल समुदायले सरसफाईको सामग्री साथै बिहान दिउसो खाने खाजा नास्ता सहयोग गरेको हो ।

पहिलो चरणमा सोरु गाँउपालिकाको युवाबर्ष आधारभुत बिद्यालयका १२४ जना, मुगुमका र्मारोङ गाँउपालिका छाँयाल, बुद्ध माबि माग्री, ढुङ्गेधारा, मह, पुलु र सिरानीचौरका क्वारेन्टाईनमा बसेका ८६ जनालाइ प्रतिव्यक्ति सेनीटाईजर, पाँच-पाँच पिस माक्स, नुहाउने तथा लुगा धुने साबुन ब्रस मन्जनका साथै बिहान बेलुुकाको खाजा नास्ताको लागि १–१ केजी चिउरा, १० प्याकेट बिस्कुट र ८ दान अण्डा बितरण गरिएको छ । थप २० जनालाई केहीदिनमै उक्त सामग्री बितरण गरिने भएको छ ।

क्वारेन्टाईनमा बसेको अबधीमा गाँउपालिकाले बिहान बेलुकाका लागि दालभात उपलब्ध गराएको र बिहान दिउसो खाजा नास्ताको व्यवस्था नभएको, सरसफाईका सामग्री समेत उपलब्ध नभएका बेला बिदेशमा बस्ने मनकारी नेपालीहरुले पठाएको रकमबाट सरसफाईका सामग्री गरिद गरी जिल्लास्थित संचारकर्मी सहितको टोली क्वारेन्टाईनस्थलमै पुगेर सामग्री बितरण गर्दा साह्रै हर्षित भएको उनीहरुले बताएका छन् ।

‘ति मनकारी स्टोरिज अफ नेपाल नेपाल समुदायका सबैलाई धन्यबाद छ ।’ मुगुमकार्मारो—८ का च्यावा तामाङ्गले खुशी ब्यक्त गरे ।

स्टोरिज अफ नेपाल समुदायले लकडाउनकै कारण बिहान बेलुका छाक टार्न समस्या परेका छाँयानाथ रारा नगरपालिकाका ५६ जना अति अपाङ्ग, असहाय, तथा बिपन्नलाई १ लाख ७ हजार ८७५ मूल्य बराबरको खाद्यान्न समेत वितरण गरेको जनाएको छ ।

पुनः दोस्रोपटक क्वारेन्टाईनमा बसेका २५० जनालाई २ लाख ६५ हजार ७२० रुपैयाँ बराबरको सरसफाईका सामग्री तथा बिहान बेलुकाको लागि खाजा नास्ता सहयोग गरिएको स्टोरिज अफ नेपाल समुदायका जय पौडेलले जानकारी दिएका छन् ।

वि.सं.२०७७ असार ९ मंगलवार २०:३५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...