back

क्वारेन्टाइनमा बसेकालाई सरसफाई तथा खाद्य सामग्री सहयोग

वि.सं.२०७७ असार ९ मंगलवार

249 

shares
NTC AD
Global IME AD

९ असार, मुगु । मुगुमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गते देखि जेठ ३२ गते सम्मलागु भएको लकडाउनमा देशका बिभिन्न जिल्ला तथा भारत र अन्य मुलुकबाट घर फर्की १४ दिन सम्म क्वारेटाईनमा बसेकाहरुलाई सरसफाई लगायत खाने कुरा सहयोग भएको छ ।

सोरु र मुगुमका र्मारोङ गाँउपालिकामा देशका बिभिन्न शहर तथा भारत र अन्य मुलकबाट आई १४ दिन सम्म क्वारेन्टाईन बसेकाहरुलाई स्टोरिज अफ नेपाल, नेपाल समुदायले सरसफाईको सामग्री साथै बिहान दिउसो खाने खाजा नास्ता सहयोग गरेको हो ।

पहिलो चरणमा सोरु गाँउपालिकाको युवाबर्ष आधारभुत बिद्यालयका १२४ जना, मुगुमका र्मारोङ गाँउपालिका छाँयाल, बुद्ध माबि माग्री, ढुङ्गेधारा, मह, पुलु र सिरानीचौरका क्वारेन्टाईनमा बसेका ८६ जनालाइ प्रतिव्यक्ति सेनीटाईजर, पाँच-पाँच पिस माक्स, नुहाउने तथा लुगा धुने साबुन ब्रस मन्जनका साथै बिहान बेलुुकाको खाजा नास्ताको लागि १–१ केजी चिउरा, १० प्याकेट बिस्कुट र ८ दान अण्डा बितरण गरिएको छ । थप २० जनालाई केहीदिनमै उक्त सामग्री बितरण गरिने भएको छ ।

क्वारेन्टाईनमा बसेको अबधीमा गाँउपालिकाले बिहान बेलुकाका लागि दालभात उपलब्ध गराएको र बिहान दिउसो खाजा नास्ताको व्यवस्था नभएको, सरसफाईका सामग्री समेत उपलब्ध नभएका बेला बिदेशमा बस्ने मनकारी नेपालीहरुले पठाएको रकमबाट सरसफाईका सामग्री गरिद गरी जिल्लास्थित संचारकर्मी सहितको टोली क्वारेन्टाईनस्थलमै पुगेर सामग्री बितरण गर्दा साह्रै हर्षित भएको उनीहरुले बताएका छन् ।

‘ति मनकारी स्टोरिज अफ नेपाल नेपाल समुदायका सबैलाई धन्यबाद छ ।’ मुगुमकार्मारो—८ का च्यावा तामाङ्गले खुशी ब्यक्त गरे ।

स्टोरिज अफ नेपाल समुदायले लकडाउनकै कारण बिहान बेलुका छाक टार्न समस्या परेका छाँयानाथ रारा नगरपालिकाका ५६ जना अति अपाङ्ग, असहाय, तथा बिपन्नलाई १ लाख ७ हजार ८७५ मूल्य बराबरको खाद्यान्न समेत वितरण गरेको जनाएको छ ।

पुनः दोस्रोपटक क्वारेन्टाईनमा बसेका २५० जनालाई २ लाख ६५ हजार ७२० रुपैयाँ बराबरको सरसफाईका सामग्री तथा बिहान बेलुकाको लागि खाजा नास्ता सहयोग गरिएको स्टोरिज अफ नेपाल समुदायका जय पौडेलले जानकारी दिएका छन् ।

वि.सं.२०७७ असार ९ मंगलवार २०:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...