back
CTIZAN AD

नेपालमा आजसम्मको कोरोना अपडेटः १०,०९९ संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ७८५१ जना

वि.सं.२०७७ असार ९ मंगलवार

822 

shares

९ असार, काठमाण्डौं । नेपालमा मंगलबार (९ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ५७ हजार ९५१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ७ हजार ५७६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ८६ हजार ३६७ र आरडिटी प्रविधिबाट २ लाख ७१ हजार ५८४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४९९५ वटा पिसीआर र ३,४८१ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ७,८५१ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०८ पुगेको छ । साथै आज काठमाण्डौं र ललितपुरका २ जना रेडजोनामा थपिएका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ८५ हजार ८१३ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १०,०९९ पुगेको छ भने आज निको भएर ७६ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २,२२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज एकजनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

आज ५३८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो
नेपालमा आज ५३८ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ५३८ जनासँगै नेपालमा कोरोना संक्रमतिको संख्या १० हजार ९९ पुगेको छ ।

आज सबैभन्दा बढी प्युठानमा ५० जना, पाल्पामा ४८ जना, धनुषामा ३९ जना, कैलालीमा ३८ जना, गोर्खामा २९ जना, सुर्खेतमा २३ जना, स्याङजामा २२ जना, पर्वतमा २२ जना, नवलपरासीपूर्वमा २२ जना र बाजुरामा २० जना रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ पुरुष, सप्तरीका २ पुरुष, सुनसरीका २ महिला र १ पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ पुरुष, तेह्रथुमका २ पुरुष, झापाका ८ महिला र १ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका २ , मोरङका  १ पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ महिला र १६ पुरुष गरी १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा महोत्तरीका १२ पुरुष, सप्तरीका ३ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ महिला, अर्घाखाँचीका २ पुरुष, बाग्लुङका १ महिला र ५ पुरुष गरी ६ जना, बझाङका ३ महिला र १६ पुरुष गरी १९ जना, बाजुराका ११ महिला र ९ पुरुष गरी २० जना, डडेल्धुराका १ पुरुष, धादिङका १ महिला र १७ पुरुष गरी १८ जना, गोर्खाका ६ महिला र ७ पुरुष गरी १३ जना, गुल्मीका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका १ महिला र १५ पुरुष गरी १६ जना, कन्चनपुरका २ महिला र ७ पुरुष गरी ९ जना, कास्कीका ३ महिला र ४ पुरुष गरी ७ जना, नवलपरासीपूर्वका २ महिला र १९ पुरुष गरी २१ जना, पर्वतका ४ महिला र १७ पुरुष गरी २१ जना, प्युठानका ५ पुरुष, रौतहटका १ महिला र १२ पुरुष गरी १३ जना, रुपन्देहीका १, सर्लाहीका २ पुरुष, सिराहाका १ महिला र ६ पुरुष गरी ७ जना र स्याङजाका २ महिला र ७ पुरुष गरी ९ जना, तनहुँका १ पुरुष रहेका छन् ।

किटजन्य रोग अनुसन्धान प्रयोगशाला मकवानपुरमा गरिएको परीक्षणमा धनुषाका ३९ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका २ महिला र ३ पुरुष गरी ५ जना, स्याङजाका १ महिला र ५ पुरुष गरी ६ जना, बाग्लुङका ८ पुरुष, गोर्खाका २ महिला र ९ पुरुष गरी ११ जना, कास्कीका १ पुरुष, लम्जुङका १ महिला र ४ पुरुष गरी ५ जना, नवलपरासीपूर्वका १ पुरुष, तनहुँका ७ पुरुष, स्याङजाका १ महिला र ६ पुरुष गरी ७ र पर्वतका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ पुरुष, पाल्पाका ४ महिला र ४४ पुरुष गरी ४८ जना, रुपन्देहीका २ पुरुष, प्युठानका १ महिला र ४४ पुरुष गरी ४५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ४ पुरुष, सुर्खेतका ८ महिला र १५ पुरुष गरी २३ जना, दैलेखका १ महिला र २ पुरुष र हुम्लाका १ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १ पुरुष, दैलेखका १ महिला र १८ पुरुष गरी १९ जना, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका २ महिला र ३ पुरुष, बझाङका २ महिला र १ पुरुष गरी ३ जना, डडेल्धुराका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका ६ महिला र १६ पुरुष गरी २२ जना र कन्चनपुरका ३ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज ९० महिला र ४४८ पुरुष गरी जम्मा ५३८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा १०,०९९ कोरोना संक्रमति भेटिएका छन्
आज ७६ जना डिस्चार्ज, कोरोनाबाट निको हुनेको संख्या २२२४ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ७६ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा गोठगाउँ आइसोलेशन सेन्टर झापाबाट १ पुरुष, कोशी अस्पतालबाट झापाका १ महिला र ३ पुरुष गरी ४ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, उदयपुरका १ महिला र ३ पुरुष गरी ४ जना, मोरङका १४ पुरुष र रामेछाप अस्पतालबाट १३ पुरुष कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यसैगरी साइकृष्ण आइसोलेशन सेन्टर सप्तरीबाट सप्तरीका २ महिला र ३ पुरुष, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुष, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पताल म्याग्दीबाट म्याग्दीका २ पुरुष, धौलागिरी अस्पताल बाग्लुङबाट बाग्लुङका ३ पुरुष र स्याङजा अस्पतालबाट ३ पुरुष उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यसैगरी गोर्खा अस्पतालबाट ७ पुरुष, जिपी कोइराला शुक्ला गण्डकी तनहुँबाट २ पुरुष, ह्याम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल भिर्कोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लम्जुङका १ पुरष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्र्किएका छन् ।

आज डिस्चार्ज भएका ८ महिला र ६८ पुरुष गरी जम्मा ७६ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २,२२४ रहेको छ । जसमा १९८ जना महिला र २०३५ जना पुरुष रहेको छन् ।

आज १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या २४ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
आज मृत्यु भएको पुष्टि भएकामा कर्णाली प्रदेशको दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते बेलुका साढे नौ बजे मृत्यु भएको हो ।

दम तथा क्षयरोगका विरामी उनको सुर्खेत अस्पतालको आइसोलेशनमा उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनलाई दुल्लु अस्पताल दैलेखबाट असार ३ गते प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारका लागि रिफर गरिएको थियो । उनको असार ३ गते स्वावको नमुना संकलन गरेर परीक्षण गर्दा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार मृत्यु भएका उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या २४ पुगेको छ । जसमा २ महिला, १ बालिका र २१ जना पुरुष रहेका छन् । साथै क्वारेन्टिनमा रहेकै बेला र क्वारेन्टिनबाट घर फर्केपछि आत्महत्या गरेका १ पुरुष र महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा असार ८ सम्मको कोरोना अपडेटः ९,५६१ संक्रमित, २३ को मृत्यु र निको हुनेको संख्या २,१४८ पुग्यो

वि.सं.२०७७ असार ९ मंगलवार १९:०७ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...