back

तनहुँमा क्वारेन्टिनमा रहेका व्यक्तिसहित एकैदिन तीनजनाले आत्महत्या गरे

वि.सं.२०७७ असार १० बुधवार

150 

shares
NTC AD
Global IME AD

१० असार, तनहुँ । तनहुँमा मंगलबार मात्रै तीनजनाले आत्महत्या गरेका छन् । जसमा भारतबाट आइ क्वारेन्टिनमा रहेका एक व्यक्तिले पनि आत्महत्या गरेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । हाल उक्त क्वारेन्टिनमा चार जना बाँकी छन्न् ।

“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने। “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”

तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ असार १० बुधवार १५:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...