१० असार, काठमाडौं । राजधानीका सरकारी विद्यालयमा पुस्तक नपाईएको अभिभावकले गुनासो गरेका छन । सामूदायीक बिद्यालयहरुले नयाँ भर्ना भएका विद्याथीहरुका लागि तत्काल पाठ्पुस्तक उपलब्ध गराउन नसकीने भनेको अभिभावकहरुले जानकारी दिएका छन । सरकारले बजेटमै ब्यबस्था गरेर सरकारी बिद्यालयमा अध्यायन गर्ने बिद्याथीहरुलाई निःशुल्क पाठ्य पुस्तकको व्यवस्था गर्दै आएको छ । चालु आर्थिक वर्षमा मात्र सरकारले शिक्षामा करिव १६३ अर्ब बजेट छुट्टाएको थियो भने आगामी आर्थिक बर्षका लागि करिब १७३ अर्ब छुट्टयाएको छ ।
अहिले कोरोना माहामरीका कारण बिद्यालयहरु बन्दको अबस्थामा छन । बिद्यालयहरु बन्द भए पनि असार १ गतेबाट बिभिन्न बैकल्पिक माध्यमबाट सरकारले औपचरिक रुपमा पठन पाठनको सुरुवात गरेको छ भने बिद्यार्थीहरुलाई पाठ्यपुस्तकको अभाब नहुने बताएको बताएको छ । निजी बिद्यालयहरुले यहि मौकामा अभिभावकहरुसंग पैसा असुली सुरु गरेको गुनासो अभिभावकले गरि रहँदा सरकारी बिद्यालयमा भने पुस्तक नै नपाईने अबस्था आएको छ । यस बिषयमा शिक्षा तथा मानव श्रोत केन्द्रका माहानिर्देशक तुलसि प्रसाद थपलियाले सरकारी बिद्यालयहरुका लागि पर्याप्त मात्रामा पैसा पठाएको जनाकरी दिएका छन ।
“धेरै विद्यार्थी एकैचोटी विद्यालय आउँदा पुस्तकको अभाब हुन सक्छ, तर एक दुई विद्यार्थीहरु बिद्यालयमा जाँदा पुस्तक अभाब हुने कुरा हुँदैन” माहनिर्देशक थपलियाले भने, “अहिले द्यिार्थीहरु गाउँ गएका छन राजधानीमा अहिले बिद्यार्थी नै कम छन पुस्तक अभाव हुने कूरा हुँदैन ।”
थपलियाका अनुसार अहिले तीन वटै तहमा शिक्षा क्षेत्रको लागि पर्याप्त बजेटको व्यवस्था भएको छ । उनले के भएको हो बुझ्ने बताएका छन ।
यो बिषयमा अनेरास्ववियूका नेता नरेस रेग्मीले निजी बिद्यालयहरुले गरेको चरम आर्थिक शोषणले आजित भएका अभिभावकलाई सरकारी विद्यालयको यो तरिकाले झनै निरास बनाउने बताउँदैं संगठनमा यो बिषयमा छलफल गरेर अगाडी बढ्ने बताए ।
वि.सं.२०७७ असार १० बुधवार १६:०० मा प्रकाशित






























