१० असार, काठमाण्डौं । नेपालमा बुधबार ( १० असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ७६ हजार ९०० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १८ हजार ९४९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो परीक्षण अन्य दिनको तुलनामा आज सबैभन्दा बढी हो ।
त्यसैगरी मन्त्रालयको बुधबार गरिएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख ९३ हजार १९५ र आरडिटी प्रविधिबाट २ लाख ८३ हजार ७०५ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६,८२८ वटा पिसीआर र १२ हजार १२१ वटा र्यापिड परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ८,३३६ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०९ पुगेको छ । साथै आज काठमाण्डौंका १ जना रेडजोनमा थपिएका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ८३ हजार ६६ पुगेको छ ।
हालसम्म नेपालमा आज थपिएका ६२९ जनासँगै कोरोना संक्रमितको संख्या १०,७२८ पुगेको छ भने आज निको भएर ११४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २,३३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २४ पुगेको छ ।
आज ६२९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो
१० असार, काठमाण्डौं । नेपालमा आज ६२९ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी कैलालीमा १५२ जना, कन्चनपरमा ८५ जना, दाङमा ७६ जना, डोटी ४८ जना, रौतहट ४४ जना, सर्लाहीमा २० र धनुषामा २० जना रहेका छन् ।
बीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १ पुरुष, झापाका १ पुरुष, मोरङका १ पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनु्षाका ३ महिला र १७ पुरुष गरी २० जना, महोत्तरीका २ महिला र १० पुरुष गरी १२ जना र सर्लाहीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० पुरुष, बैतडीका १ महिला ३ पुरुष गरी ४ जना, बाजुराका ७ पुरुष, डोटीका १० महिला र ३८ पुरुष गरी ४८ जना, कैलालीका ९ महिला र ३९ पुरुष गरी ४९ जना, कन्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५ जना, पर्वतका १ महिला र १ पुरुष, रौतहटका ९ महिला र ३५ पुरुष गरी ४४ जना र सर्लाहीका ५ महिला र १५ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका २ पुरुष र काठमाण्डौंका १ पुरुष, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका १ र तनहुँका १ पुरुष, नवलपरासीपूर्वका ३ महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासीपूर्वका २ पुरुष र पाल्पाका १४ पुरुष रहेका छन् । साथै पाटन अस्पताल ललितपुरमा भक्तपुरकी १ महिला, वीर अस्पतालमा गरिएको परीक्षणमा अछामका १ महिला र १२ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका २ पुरुष, कास्कीका ४ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ९ पुरुष, गोर्खाका १ पुरुष, कास्कीका ३ महिला र २ पुरुष गरी ५ जना, लम्जुङका १ महिला र ४ पुरुष गरी ५ जना, पर्वतका १ महिला, स्याङजाका २ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ पुरुष, कपिलवस्तुका १ पुरुष, पाल्पाका १ पुरुष र रुपन्देहीका १ महिला, भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९ जना र बर्दियाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ महिला र ७० पुरुष गरी ७६ जना र प्युठानका १० पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका १ पुरुष, सुर्खेतका २ महिला र ११ पुरुष गरी १४ जना, दैलेखका ४ पुरुष र कालिकोटका १ पुरुष, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २९ महिला र ७४ पुरुष गरी १०३ जना, बाजुराका १ र कन्चनपुरका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएकामा महिला ११० र पुरुष ५१९ गरी जम्मा ६२९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका ६२९ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १०,७२८ पुगेको छ । साथै हालसम्म रसुवा बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
आज ११४ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या २,३३८ पुग्यो
१० असार, काठमाण्डौं । नेपालमा आज ११४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुमा ८ जना महिला र १०६ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष गरि १९ जना, कोभिड अस्पताल सपही जनकपुरबाट २० जना पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट ३ पुरुष, भरतपुर अस्पतालबाट नवलपरासीपूर्वका १ पुरुष र नवलपरासी पश्चिमका २ पुरुष संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
त्यसैगरी चितवन जिल्लाका ५ महिला र १३ पुरुष गरी १८ जना, कपिलवस्तुका १ महिला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष, सुनसरीका १ महिला र ४ पुरुष गरी ५ जना, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष, धौलागिरी अस्पताल बाग्लुङबाट ४ पुरुष पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
त्यस्तै गोर्खा अस्पतालबाट १ पुरुष, जिपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष र कालिका र अस्पताल स्याङजाबाट १० पुरुष पनि कोरोना संक्रमणबाट रहेका छन् ।
आज डिस्चार्ज हुनेमा महिला र पुरुष ११४ जना रहेका छन् । आज डिस्चार्ज भएका १०६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या २,३३८ जना डिस्चार्ज भएका छन् । जसमा महिला १९७ र २,१४१ रहेका छन् ।
नेपालमा आजसम्मको कोरोना अपडेटः १०,०९९ संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ७८५१ जना
वि.सं.२०७७ असार १० बुधवार १८:३५ मा प्रकाशित






























