back
CTIZAN AD

बालुवाटारमै भएको स्थायी कमिटी बैठकमा किन गएनन् ओली ?

वि.सं.२०७७ असार १२ शुक्रवार

795 

shares

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको दोस्रो दिनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा ओली उपस्थिति छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमै जारी बैठकको नेतृत्व कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार प्रधानमन्त्री ओली राजकीय कार्य व्यस्थताका कारण उपस्थित नभएका हुन् । थापाले जनाएअनुसार बैठकमा आवश्यक पुरेको जुनसुकै बेला पनि प्रधानमन्त्री ओलीको उपस्थिति रहनेछ ।

‘प्रधानमन्त्रीको ज्यूको निर्धारित कार्यव्यवस्थाले गर्दा बैठकमा उपस्थिति नभएको हो, बैठक निरन्तर गर्ने तर आवश्यक परेमा जुनसुकै बेला जाने भन्ने छ’, संसार न्यूजसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘अहिले उहाँ अरु भेटघाटमा हुनुहुन्छ, सल्लाहबाटै उहाँ बैठकमा नजानु भएको हो ।’

थापाले बैठकमा देखिएको विवादबाट पर भाग्न अनुपस्थिति भएको भन्ने चर्चा साँचो नभएको दाबी गरे । थापाले भने, ‘प्रधानमन्त्री ज्यू पार्टीको एक नम्बर अध्यक्ष हो । उहाँले नै बैठक बोलाउनु भएको हो । बैठकमा आएका सबै प्रश्नको जवाफ मुख्य नेतृत्वको हिसाबले उहाँले नै दिनुहुन्छ । सबै सदस्यका कुराहरु उहाँले नै सुनुहुन्छ । अरु कामको व्यस्थताले मात्रै उहाँ उपस्थिति नहुनु भएको हो ।’

थापाले बताएअनुसार बैठकमा उपस्थित नभएका ओलीले आफ्नै कक्षबाट बैठकका कुरासमेत प्रत्यक्ष सुनिरहेका छन् । यसअघि भएको केन्द्रिय कमिटीको बैठकमा पनि ओलीको उपस्थिति न्यून थियो ।

बैठक छल्न खोजेको आरोप

शुक्रबारको बैठकमा यसअघि तय भएका एजेण्डामा केन्द्रीत रहेर छलफल हुँदैछ । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायत नेताहरुले बोल्ने कार्यक्रम छ ।

बुधबारको बैठकमा अध्यक्षद्वयले आफ्नो मन्तव्य राखेसँगै बैठक सकिएको थियो । बैठकमा अध्यक्षद्वयबीच तीब्र घोचपेच भएको थियो । शुक्रबारको बैठकमा नेताहरुका बीचमा चर्काचर्की बहस हुने अनुमान गरिएको थियो ।

जनाइएअनुसार आजको बैठकमा केहि नेताहरुले ओलीको राजीनामा माग्ने तयारीसमेत गरिरहेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको अनुपस्थितसँगै बैठकमा उपस्थित केहि नेता भने अलमल परेका छन् । नेताहरुले प्रधानमन्त्री निवासमै बसिरहेको बैठकमा राजकीय व्यवस्था देखाएर नआउनुलाई बैठक छलेको आरोप लगाएका छन् ।

वि.सं.२०७७ असार १२ शुक्रवार १४:०८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...