back
CTIZAN AD

सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा २५ तालिबान लडाकूको मृत्यु

वि.सं.२०७७ असार १२ शुक्रवार

726 

shares

१२ असार । सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार बाल्ख जिल्लाको डावलाट अबाड भन्ने ठाउँमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए ।

बाल्ख प्रान्तका प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फर्हादले पनि घटना र क्षतिसम्वन्धी विवरणको पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ ।

स्थानीय श्रोतका अनुसार आक्रमणका क्रममा अरु चार जना आम नागरिकको पनि मृत्यु भएको छ । ती चारमध्ये एक जना महिला र एक जना बच्चा पनि रहेका छन् ।

एउटा किसानको घरलाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । तर यस आरोपलाई प्रवक्ता फर्हादले भने अस्वीकार गर्नुभयो ।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७७ असार १२ शुक्रवार १४:०० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...