back
CTIZAN AD

सुशान्त सिंह मृत्यु प्रकरण, फ्यान्सको निशानामा देखिए सलमान खान

वि.सं.२०७७ असार १४ आइतवार

882 

shares

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा सलमान खान फ्यानको निशानामा परेका छन् । घटनालाई जोडेर सामाजिक सञ्जालमा अभिनेता सलमान खानको निकै विरोध हुन थालेको छ । पछिल्ला केहि दिन सलमान खानविरुद्व सामाजिक सञ्जालमा निकै आक्रामक टिप्पणीहरु आउन थालेका छन् ।

हालै सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत जिम गरेको एउटा फोटो शेयर गरेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यहि फोटोलाई शेयर गर्दै निकै गाली गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त फोटो शेयर गर्दै ‘अरुको जिन्दगी लिनेलाई कसरी चैन्यको निद आउन सक्छ ?’समेत भनि टिप्पणी गरेका छन् ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको मृत्युमा सलमानको हात रहेकोसमेत आरोप लगाएका छन् । खानमाथि बलिउडमा एकाधिकार गरेको र नयाँ फिल्मकर्मीलाई मर्नसमेत बाध्य पारेको आरोप छ ।

सुशान्त सिंह मृत्युपश्चात सिंहका फ्यान सलमान खानप्रति आक्रोशित छन् । खानसहित करण जोहर, एकता कपुरजस्ता कलाकारमाथि फ्यानले आक्रोश पोखिरहेका छन् ।

मृत्यु घटनापश्चात बिहारमा खानसहित केहि कलाकारविरुद्व मुद्दा पनि दायर भएको छ ।

कोरोना महामारीको कारण खान आफ्नो फार्म हाउसमा छन् । उनले घटनाप्रति आफुँलाई निकै दुःख लागेको तर आफ्नो कुनै जिम्मेवारी नरहेको बताउने गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सम्हालिन अपिल गरिरहेका छन् ।

वि.सं.२०७७ असार १४ आइतवार १५:३५ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...