back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजद्धारा जिल्लाका ७ वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

वि.सं.२०७७ असार १४ आइतवार

870 

shares

१४ असार, काठमाण्डौं । अन्तराष्ट्रिय पर्वत समाजले कोरोना रोकथाम तथा नियन्त्रण्का लागि पर्वत जिल्लाका ७ वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

‘एक स्थानीय तह–एक स्वास्थ्य चौकी’ भन्ने मुल नाराका साथ समाजले जिल्लाका सातवटा स्थानीय तहका स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको हो ।

समाजले शनिबार कुश्मा बजारमा आयोजित एक कार्यक्रमका बीच लुंखु देउराली प्राथमिक उपचार केन्द्र केन्द्र, सालिजा स्वास्थ्य चौकी, क्याङ स्वास्थ्य चौकी, खुर्कोट स्वास्थ्य चौकी, बाच्छा स्वास्थ्य चौकी र लिमिठाना स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

समाजका सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठ र कानुनी सल्लाहकार केशवराज पुरीको उपस्थितीमा ७ वटै स्वास्थ्य चौकीका प्रतिनिधीलाई उक्त सामाग्री सामाग्री हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

समाजका सल्लाहकार इन्द्र शर्माको सक्रियता र समन्वयमा महाशिला गाउँपालिका–५ मा अवस्थित लुन्खु देउराली प्राथमिक उपचार केन्द्र केन्द्रलाई पीपीई सेट (एक्स्ट्रा एक थान र गोल्बस मास्क एक), सेनिटाईजर ३ थान, थर्मन गन ३ थान, मास्क ८ सय थान, गोल्बस मास्क ४ सय थान, हेड कभर क्याप ३ सय थान, सेनिटाईजर ५ लिटर २ बोत्तल,डिसइन्फेक्सन झोल ५ लिटर, स्पे्र मेशिन २ थान र के नाईन्टि फाईभ मास्क १५ थान सहयोग गरिएको छ ।

त्यस्तै समाजका सहकोषाध्याक्ष किरण पुनको सक्रियता र समन्वयमा जलजला गाउँपालिका–६ सालिजा स्वास्थ्य चौकी र मोदी गाउँपालिका–४ क्याङ स्वास्थ्य चौकी तथा समाजका उपाध्याक्ष गोविन्द पौडेल र सदस्यद्धय दिनेशराज रेग्मी तथा बाबुराम शर्माको सक्रियता र समन्वयमा कुश्मा नगरपालिका–२ खुर्कोट स्वास्थ्य चौकीमा, नेपाल प्रतिनिधी मुना भुषालको सक्रियतामा बिहादी गाउँपालिकामा अवस्थित बाच्छा स्वास्थ्य चौकीमा र समाजका सचिवद्धय शेषराज तिमिल्सीना र प्रकाश पौडेलको सक्रियतामा फलेवास नगरपालिका–७ लिमिठाना स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सल्लाहकार अर्जुन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार क्रमश पीपीई सेट (एक्स्ट्रा एक थान र गोल्बस मास्क एक), सेनिटाइजर ३ थान, थर्मल गन ३ थान, मास्क ३ सय थान, गोल्बस मास्क ४ सय थान, हेड कभर क्याप ३ सय थान, सेनिटाइजर ५ लिटर (२ बोत्तल) डिसइन्फेक्सन झोल ५ लिटर, स्प्रे मेसिन २ थान र के -९५ मास्क १५ थान सहयोग गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा सल्लाहकार श्रेष्ठले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सबैको हातेमालो आवश्यक रहेकाले समाजद्धारा स्वास्थ्य सामग्री वितरण गरिएको बताउँदै बाँकी रहेका स्वास्थ्य चौकीलाई आगामी दिनमा वितरण गरिने बताए ।
समाजका कानुनी सल्लाहकार केशवराज पुरीले संचालन गरेको उक्त कार्यक्रममा समाजसेवी सुन्दर जोशी लगायतले आफ्ना कुरा राखेका थिए भने जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिका–२ खुर्कोटका वडाअध्यक्ष यदुनाथ बास्तोला, मोदी गाउँपालिका देउपुरका अध्यक्ष विकास तिमिल्सीना, सामजिक व्यक्तित्व अशोक उचै ठकुरी, शेषराज रेग्मी, डाक्टर चुडामणि शर्मा, कुलप्रसाद उपाध्याय लगायत पालिकाका सम्बन्धित स्वास्थ्य कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

समाजले उक्त सामग्री हस्तान्तरणका क्रममा सहयोग पुर्याउने सबैजनामा हार्दिक आभार व्यक्त गरेको छ ।

स्मरण रहोस्, समाजले यसअघि पनि समाजका सदस्य एव्म पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको सक्रियता र समन्वयमा हुवास स्वास्थ्य चौकीलाई तथा जिल्ला अस्पताल पर्वतलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

संसारभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले यअघि पनि भारतमा लकडाउनका कारण अलपत्र ४० जना पर्वतेलीहरुलाई खाद्य सामग्री वितरण गर्नुका साथै  पर्वतसम्म उद्धार गरेको थियो । समाजले विभिन्न समयमा  पर्वत जिल्लाका लागि विभिन्न सामाजिक कामगर्दै आएको छ ।

वि.सं.२०७७ असार १४ आइतवार १५:४० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...