back
CTIZAN AD

नक्साकै कारण आफुँलाई भारतले हटाउन खोजेको प्रधानमन्त्री ओलीको दाबी, नेकपाकै नेताहरु भारतसँग लागेको आरोप

वि.सं.२०७७ असार १४ आइतवार

693 

shares

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । उनले आफुँविरुद्व आफ्नै पार्टीका नेता र भारत लागिपरेको दाबी गरे ।

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार ढलाउन गरिएको प्रयास सफल हुन नदिने बताए । उनले आफुँविरुद्व भारतीय मिडियाको प्रयोग गरिएको पनि बताएका छन् ।

नेपालमै पनि पहिले केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको छ। संविधान संशोधन र नक्सा जारी गरेर अपराध गर्ने केपी ओलीलाई नहटाई हुँदैन भनिरहेका छन् । बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई, दिल्लीका सञ्चार माध्यम सुन्नुस्, त्यसैले संकेत गर्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलहरुमा भएका गतिविधिहरुले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियताले पनि देखाइरहेको छ।

‘नेपालमै पनि पहिले केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको छ। संविधान संशोधन र नक्सा जारी गरेर अपराध गर्ने केपी ओलीलाई नहटाई हुँदैन भनिरहेका छन्’, उनले भने, ‘बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई, दिल्लीका सञ्चार माध्यम सुन्नुस्, त्यसैले संकेत गर्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलहरुमा भएका गतिविधिहरुले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियताले पनि देखाइरहेको छ।’

उनले नेपालको राष्ट्रियता कमजोर नरहेको भन्दै आफुँलाई हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिए । ‘संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन। यो नसोचे पनि हुन्छ। कोसिस गर्नेलाई गर्न दिऔं तर हिजोको जस्तो होइन।’

वि.सं.२०७७ असार १४ आइतवार १६:०२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...