
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । उनले आफुँविरुद्व आफ्नै पार्टीका नेता र भारत लागिपरेको दाबी गरे ।
मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार ढलाउन गरिएको प्रयास सफल हुन नदिने बताए । उनले आफुँविरुद्व भारतीय मिडियाको प्रयोग गरिएको पनि बताएका छन् ।
नेपालमै पनि पहिले केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको छ। संविधान संशोधन र नक्सा जारी गरेर अपराध गर्ने केपी ओलीलाई नहटाई हुँदैन भनिरहेका छन् । बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई, दिल्लीका सञ्चार माध्यम सुन्नुस्, त्यसैले संकेत गर्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलहरुमा भएका गतिविधिहरुले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियताले पनि देखाइरहेको छ।
‘नेपालमै पनि पहिले केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको छ। संविधान संशोधन र नक्सा जारी गरेर अपराध गर्ने केपी ओलीलाई नहटाई हुँदैन भनिरहेका छन्’, उनले भने, ‘बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई, दिल्लीका सञ्चार माध्यम सुन्नुस्, त्यसैले संकेत गर्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलहरुमा भएका गतिविधिहरुले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियताले पनि देखाइरहेको छ।’
उनले नेपालको राष्ट्रियता कमजोर नरहेको भन्दै आफुँलाई हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिए । ‘संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन। यो नसोचे पनि हुन्छ। कोसिस गर्नेलाई गर्न दिऔं तर हिजोको जस्तो होइन।’