back
CTIZAN AD

पालिकाले दियो सरकारी कामकाजमा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

वि.सं.२०७७ असार १५ सोमवार

855 

shares

१५ असार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो ।

वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्य रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिने नीति ल्याइएको नगरप्रमुख इवन राईले बताए । “पर्वतेलगायतका अन्य चलन चल्तीका भाषालाई विस्थापित गर्ने भनिएको होइन, बाहुल्यका आधारमा यी भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने भनिएको हो”, उहाँले भन्नुभयो, “बाहुनीडाँडा र डिकुवामा अझै पनि पर्वते भाषा नबुझ्ने वाम्बुले रहेछन् । भाषा नजान्ने शिक्षकले पठनपाठन गर्न सक्ने अवस्था छैन । आफ्नो भाषामा मात्र संवाद गर्ने नागरिकको सहजताका लागि उनीहरुको भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरिएको हो ।”

एघार वडा रहेको जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकामा ५१ प्रतिशत किराँत राईहरुको बसोबास रहेको तथ्याङ्कमा उल्लेख छ । किराँत समुदायको भाषा, संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाका रूपमा परिचित गराउने लक्ष्यका साथ नगरपालिकाको लेटरहेडमा चाम्लिङ, वडा कार्यालय बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले र वडा कार्यालय च्यास्मिटारको लेटरहेडमा तिलुङ लिपि प्रयोग गरिने नगरप्रमुख राईले जानकारी दिए ।

नगरकार्यपालिकाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको तीनवटै भाषाका ऐतिहासिक कागजात तथा दस्तावेजहरु सङ्कलन गरी पुस्तक प्रकाशन गरिने नगरउपप्रमुख विमला राईले बताइन् । नगरपालिकाले तुवाचुङमा चुल्हो माङखिम (घर) निर्माणका लागि रु १५ लाख, हलेसी मन्दिर परिसरमा किरात संस्कृति मन्दिर निर्माणका लागि रु १० लाख, ऐतिहासिक दस्तावेज सङ्कलनका लागि रु पाँच लाख, होलेसुङ पार्क निर्माणका लागि रु पाँच लाख, चाम्लिङ भाषाको शब्दकोष निर्माणका लागि रु तीन लाख, चाम्लिङ भाषाको कक्षा सञ्चालनका लागि रु दुई लाख र स्थानीय पाठ्यक्रम निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । रासस

वि.सं.२०७७ असार १५ सोमवार ०८:५७ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...