back
CTIZAN AD

पैञ्यूँमा मालपोत र नापी सेवा छिट्टै सुरुवात हुने

वि.सं.२०७७ असार १५ सोमवार

1.2K 

shares

१५ असार, काठमाडौँ । भूमि व्यवस्थापन तथा सहकारीमन्त्री पद्मा अर्यालले पर्वतको दक्षिणी भेग पैञ्यूँ क्षेत्रमा मालपोत र नापी सेवाको छिट्टै प्रबन्ध हुने बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेता मित्रलाल बस्यालसहितको टोलीसँगको भेटमा उनले सो बताएकी हुन् ।

पवर्तको पैञ्यूँ क्षेत्रका जनता नापी र मालपोत सेवा लिन कुश्मा सम्मको यात्रा गरिरहनु पर्दा संघीयताको प्रतिफल अनुभूत गर्न नपाएको भन्ने जनताको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री अर्यालले उच्च प्राथमिकताका साथ छिट्टै काम हुने बताएकी हुन् ।

पर्वतको सुदुर दक्षिण क्षेत्रमा पर्ने विहादी र पैञ्यूँ गाउँपालिका तथा महाशिलाका अधिकांश वडा सो सेवाबाट लाभान्वित हुने नेता मित्रलाल बस्यालले जनाएका छन् । सो समस्या बारे पैञ्यूँ ४ का वडाअध्यक्ष महेन्द्र श्रेष्ठले संजाल र फोनमार्फत यसअघि लविङ अघि बढाएका थिए । सो मागका लागि पैञ्यूँ गाउँपालिका तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेससहित पैञ्यूँमा क्रियाशिल अन्य दल र नागरिक समाजले डेलिगेसनको तयारी गरिरहेको समेत बुझिएको छ ।

मन्त्रीलाई समस्या सुनाउन गएको मित्रलाल बस्यालसहित भरत शर्मा, निलकण्ठ तिवारी, सुन्दर भुसाल र छवि काफ्लेको टोलीले यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटी आवश्यक पहलका लागि अनुरोध समेत गरेको थियो ।

वि.सं.२०७७ असार १५ सोमवार १०:५५ मा प्रकाशित

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...