back
CTIZAN AD

चार्टड उडानमार्फत् कुन देशबाट कति नेपाली फर्किए, हेर्नुहोस् विवरण

वि.सं.२०७७ असार १५ सोमवार

783 

shares

१५ असार, काठमाण्डौं । कोरोना भाइरसबाट प्रभावित तथा लकडाउनका कारण नेपाल आउनबाट बन्चित भएका ११ हजार ३७१ नेपाली चार्टड उडानमार्फत् देश फर्किएका छन् ।

गैरआवासीय नेपाली संघ (एनअराएनए) का अनुसार भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो । जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किएका हुन् ।

विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरुले सहकार्य एवं समन्वय गरिरहेका छन् । जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट नेपाली स्वदेश फर्किएका हुन् ।
शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १,२१८, मलेसियाबाट ९२१, बगंलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, अमेरिकाबाट ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनु भयो । सोही अनुरुप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

वि.सं.२०७७ असार १५ सोमवार १०:५२ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...