back
CTIZAN AD

द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय

वि.सं.२०७३ पुस १२ मंगलवार

882 

shares

१२ पुस,रुकुम  । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुनुहुन्छ । उहाँका श्रीमान्लाई द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो ।

श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो । केही वर्षसम्म उहाँले कष्टपूर्ण दिनहरु काट्नुभयो ।

विसं २०६६ देखि बुढाको दैनिकी परिवर्तन भएको छ । उहाँसँगै गाउँका अन्य द्वन्द्वपीडित एकल महिला एकजुट भएर जङ्गलमा खेर गइरहेका अल्लोको सङ्कलन गर्ने र त्यसबाट घरायसी सामग्री बनाउने काम थाले । यसपछिका दिनमा जीविका चलाउन उहाँलाई सजिलो भयो ।

गाउँका एकल महिला एकजुट भएर यस्तो काममा लागेको उहाँको भनाइ छ । पूर्वी रुकुमका महत, काँक्री, मोराबाङलगायत गाविसका १५ जनाभन्दा बढी द्वन्द्वपीडित एकल महिलाले सामूहिक रुपमा अल्लो सङ्कलन गरेर अहिले राम्रो आम्दानी गरिरहेका छन् ।

अल्लोको धागोबाट कम्बल, टोपी, सुइटर, पटुकालगायतका सामग्री निर्माण गर्ने गरेको बुढाले बताउनुभयो । सुरुमा निर्माण गरिएका सामग्री बिक्री नभए पनि अहिले भने व्यापारीहरु सङ्कलनका लागि गाउँमै आउने गरेको र मूल्य पनि राम्रो तिर्ने गरेको उहाँको भनाइ छ ।

एक मौसममा अल्लोको धागोबाट निर्माण गरिएका सामग्री बिक्री गरेर हरेक महिलाले करिब रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बुढाले बताउनुभयो । उनीहरु अहिले मेसिनबाटै विभिन्नखालका सामग्री निर्माण गर्ने गर्छन् । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार १३:५२ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...