
१६ असार, काठमाडौंँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत १७ किलोमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको मकवानपुर हेटौंडा-५ सिंचाइ टोल निवासी धिताल परिवार सवार बा १३ च ५९२९ नम्बरको स्कार्पियोे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना हुँदा गाडीमा सवार आमा छोरोको मृत्यु भएको छ भने अन्य ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाईते भएकी आमा प्रभा गौतमको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका कृष्ण धिताल, छोरी वर्षा धिताल र चालक राजन घिमिरेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते कृष्ण धिताल मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष रहेको बताइएको छ ।