back
CTIZAN AD

सवारी दुर्घटनामा आमा छोराको मृत्यु, ३ घाईते

वि.सं.२०७७ असार १६ मंगलवार

756 

shares

१६ असार, काठमाडौंँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत १७ किलोमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको मकवानपुर हेटौंडा-५ सिंचाइ टोल निवासी धिताल परिवार सवार बा १३ च ५९२९ नम्बरको स्कार्पियोे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना हुँदा गाडीमा सवार आमा छोरोको मृत्यु भएको छ भने अन्य ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोमबार साँझ भएको उक्त दुर्घटनामा   गम्भीर घाईते भएकी आमा प्रभा गौतमको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका कृष्ण धिताल, छोरी वर्षा धिताल र चालक राजन घिमिरेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते कृष्ण धिताल मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष रहेको बताइएको छ ।

वि.सं.२०७७ असार १६ मंगलवार ११:५४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...