back
CTIZAN AD

भोकले मर्ने अवस्था आयो भन्दै आन्दोलनमा उत्रिए काठमाडौँका ट्याक्सी व्यवसायीहरु

वि.सं.२०७७ असार १६ मंगलवार

852 

shares

१६ असार, काठमाडौँ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण भोकले मर्ने अवस्था आएको भन्दै राजधानीका ट्याक्सी चालक आन्दोलनमा उत्रिएका छन् ।

लकडाउनका कारण लामो समय ट्याक्सी चलाउन नपाउँदा आम्दानीको श्रोत बन्द भएको र परिवार पाल्न धौ–धौं भएको भन्दै मंगलबार उनीहरुले राजधानीका विभिन्न ठाउँमा ट्याकसीसहित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले पछाडिको सिटमा २ जना मात्र राखेर सुरक्षित व्यवस्थासहित ट्याक्सी चलाउ पाउनुपर्ने माग गर्दै सरकारलाई यसअघि नै ज्ञापनपत्र बुझाए पनि सरकारले त्यसको वेवास्ता गरेको र लामो समय ट्याक्सी चलाउन नपाउँदा भोकले मर्नुपर्ने अवस्था आएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

यसैबीच अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले असार १५ गतेसम्म सरकारले आफूहरुले राखेको माग सम्बोधन गर्न समय दिइएको तर सरकारले वेवास्ता गरेका कारण यातायात कार्यलयमार्फत् ट्याक्सीको चावि सरकारलाई बुझाइएको बताए ।

उनले सरकारले अझैपनि ट्याक्सी व्यवसायीको मागहरु वेवास्ता गरेमा सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनी समेत दिएका छन् । ‘ट्याक्सी चलाउन नपाउँदा बैंकको किस्ता तिर्न सकिएन । बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आइसक्यो’ उनले प्रश्न गरे, ‘निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर हामीले ट्याक्सी चलाउँदा कोरोना सर्ने जस्तो गरी व्यवहार गर्ने ?’

यस्तो छ उनीहरुको ५ बुँदे माग
१. लकडाउन अवधीको बैंक किस्ता ब्याज तथा सरकारलाई तिर्नुपर्ने विभिन्न करहरु मिनाहा गराउन पहल गरियोस् ।

२. लकडाउन अवधी भरिको सवारी विमाको गणना नहुने गरि ट्याक्सी चालकहरुलाई समेत स्वास्थ्यकर्मी सरह कोरोना विमाको ब्यबस्था मिलाईयोस।

३. WHO  को मान्यताअनुसार यात्रु चालक र सवारी साधन सुरक्षीत रहने विधि निर्माण गरि आबस्यक सुरक्षा सामग्री माक्स, पिपिई, सेनिटाईजर, पन्जा, उपलब्ध गराईयोस् ।

४. ट्याक्सिमा सवार यात्रुको तथ्यांक राखी अन्य विषयमा निजि ४ पाङ्रे सवारि संचालनमा बनाईएको मोडालिटी अनुसारनै तत्काल भाडा कार अर्थात ट्याक्सी संचालन गर्ने ब्यबस्था मिलाईयोस् ।

५. विभिन्न समयमा बुझाईएको ध्यानाकर्षण गराईएको बैज्ञानिक भाडा दर लागू गर्न ध्यान दिईयोस् ।

वि.सं.२०७७ असार १६ मंगलवार १२:१६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...