back
CTIZAN AD

नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि उपस्थित

वि.सं.२०७७ असार १६ मंगलवार

729 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको चौथो दिनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निबास बालुवाटारमा भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

उनले जनाएअनुसार आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओलीको पनि सहभागिता छ । यसअघि गत शुक्रबारको बैठकमा उनको उपस्थिति थिएन भने शनिबारको बैठकमा पनि केहीबेरमै बैठकबाट बाहिरिएका थिए ।

बुधबारदेखि सूरु बैठक बीचबीचमा स्थगित हुँदै आज चौथो दिन बसेको हो । गत शनिबार बसेको बैठक आइतबार र सोमबार दुई दिनसम्म स्थगित भएको थियो ।

बैठकमा यसअघि तय भएको ७एजेण्डामा छलफल भईरहेको छ । बैठकमा एमसीसी, नक्सा संशोधन, पार्टी तथा सरकार सञ्चालनलगायतका एजेण्डामा छलफल भईरहेको छ । पछिल्लो प्रधानमन्त्रीको अभिव्यक्तिबारे पनि बैठकमा छलफलको तयारी गरिएको छ ।

मंगलबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापालगायत बोल्ने कार्यक्रम छ ।

वि.सं.२०७७ असार १६ मंगलवार १२:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...